एमाले दैलेख अध्यक्षमा शर्मा विजयी (मत परिणामसहित)

सुर्खेत, ३ चैत्र ।
नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी बनेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सूर्यबहादुर शाहीलाई १५० भन्दा बढि मतान्तरले पछाडि पार्दै विजय हात पारेका हुन ।

गएको पुस २३ गते भएको एमाले अधिवेशनमा फर्जी मत खसालिएको भन्दै विवाद भएपछि एमालेको केन्द्रीय निर्वाचन आयोगको पत्यक्ष निगरानीमा बुधबार मतदान भएको थियो । जम्मा ६८४ मत खसेको थियो । नेकपा एमालेको उपाध्यक्षमा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा निर्वाचित भएका छन् ।

सचिवमा दुल्लुका तिलक प्रसाद रिजाल निर्वाचित भए भने उपसचिवमा गंगाराम दाहाल, कलावती न्यौपानेले विजय हात पारेको जिल्ला कमिटी सदस्य याम शर्माले बताए । यद्यपी अहिले सम्म निर्वाचन आयोगले आधिकारिक घोषणा भने गरेको छै ।

तपाईको प्रतिक्रिया