घुयँत्राे : माअाेवादि राजनीतिभित्र पीरले …

नेपाली सिने नायक पल शाह याैन समाचारकाे चर्चामा चुलिँदै गर्दा गायक प्रकाश सपुतकाे “पीर” अाएछि पल शाह काण्ड कता बिलायाे कता । सायद यसले पल शाहलाई ठूलाे राहत दिए हाेला । अब अहिले माअाेवादि राजनीतिभित्र पीरले ठूलै हलचल मच्चाए जस्ताेछ ।

किनत भन्दा माअाेवादिहरु प्रकाशकाे खेदाे खन्न लागेकाे देख्दा सपुतकाे कथाले माअाेवादिभित्र भूइँचालाेनै गएकाे कुरा सामाजिक संजालाँ छचलान्ति अाएका टिप्पणीले देखाउँछ । क्रान्ति सकिनेवित्तिकै सत्ताँ पुग्या माअाेवादिले युध्दमा हाेमेका युवायुवतिलाई दिएकाे “लडाकु” काे पगरी र तिनै लडाकुले लडेर अाज हामी सत्तामा पुगेका हाैँ ।

सत्तामा पुगेछि तिनै लडाकु सहित दुखिगरिबकाे उध्दार र समृध्दिलाई लिएर माअाेवादि नेताहरुले काम गरेकाे भए कामले ल्याउने परिणामले कथामा देखाएजस्तै याैन ब्यबसायी बन्न बाध्य हुने थिएनन ।

तर माअाेवादिहरु सत्ताँ पुगेछिनि बिगतमा जेजस्ता विकृति भष्टाचार र बेथिति हुने गर्थे त्यसैलाईनै निरन्तरता दिएर नेतृत्व तह चुर्लुम्मै डुब्याे । ब्यक्तिगत नाफानाेक्सानमा मात्रै लागेकाे नेतृत्व तहले अाफ्नाे पराकाष्टा काँसम्म पुग्याे भन्नेतिर हिसाबै राखेन ।

अँझ भनम अाँफुलाई कसले भर्याङ चढाएकाे हाे र भर्याङ मुनि बस्नेहरु कुन अबस्थामा छन भनेर हेर्दै नहेरि अँझ माथिल्ला भर्याङ मात्रै चढन खाेज्दा तल बस्नेहरुकाे दैनिकि कति कष्टकर बन्याे भन्ने तिर नहेर्दा “पीर ” भन्ने कथा तयार भै सकेकाे कुरा नेताहरुहरुले पत्तै पाएनन भनमकि पाएर पनि बुझ पचाए । त्यहि तयार भएकाे कथा बस्तु जाे काेहिले पनि मन्चन गर्न सक्थे ।

त्यसमा प्रकाश सपुतले उछिने र कथाबस्तुलाई जस्ताकाे तस्तै उतारे अनि त्याे कथाबस्तुले जनतामा वाहवाही बटुलेकाे छ भने कथाका श्राेतहरु (माअाेवादि नेताहरु) लाई चिट्चिटि पसिना अाछ ।

यसरी चिटचिटि हुनुमा दलभित्र उत्पन्न भै रहेकाे विवाद असहमति र खैलाबैला अनि मुखैमा अाकाे स्थानीय चुनाबलेनि सपुतकाे कथालाई दुष्मन देखेकाेछ । त्यसैत अाेलिबा माअाेवादिकाे खेदाे खन्नमा तल्लिनछन ।

अँझ भएन भनेर अाफ्ना हरेक दाैडाहामा अाेलिबाले प्रकाश सपूतकाे पीरकाे कथा भन्दै भाषण गर्दै हिँड्न थाले भने चुनाबा जनताले बढारेभने कसरी नेता बनेर टिक्ने हाे भन्ने चिन्तालेनि ऐले पीरकाे कथाले ” पीर” बढाछ त्यै भएरनि याे कथालाई युध्दमा १७ हजारलाई नामेट बनाएझै सपूतलाई नामेट बनाउने जमरकाँ लाग्याजस्ता टिकाटिप्पणी देखिन्छन ।

हेरम अाउने चुनाबसम्म काे काे नामेट हुन्छन । हामी त रमिते न हुम् । देखाउनेले जेजे देखाउँछन हेर्दै जाने हाे । वास्तविकता भए स्वीकृति र सहमति जताउने नभए अस्वीकृतिमा नाक चेप्र्याउने अधिकार, हामी दर्शक, श्राेता र पाठकलाई छँदैछनि हैन र ?

तपाईको प्रतिक्रिया