कुँडो खुवाउँदा एकै घरका सात पशु मरे

प्रेम सुनार
पञ्चपुरी, २८ फागुन ।
नियमित जस्तै वस्तुभाउलाई विहानै कुँडो खुवाउने गरिन्छ । संधै कुँडो आहार हुने गरेको एक किसानको घरमा शनिबार खुवाईएको त्यही कुँडो बिष बनेको छ ।

पञ्चपुरी नगरपालिका–६ निवासी कृषक बल बहादुर साँवद र माया साँवदले शनिबार दिउँसो ११ः०० बजे खुवाएको कुँडो बीस बनेको हो । कुँडो खुवाएपछि बोहोस बनेका ४ वटा बाख्रा, एक भैँसी, २ वटा खशी मरेका छन् ।

घर खर्च चलाउन पालिएका वस्तुभाउँ मरेपछि साँवद परिवारमा ठुलो ब्रजपात परेको छ । न्यून आयस्रोत भएको गरिव परिवारमा एकै पटक पालिका सबै बस्तुभाउ मरेपछि ठुलो संकट परेकोह हो ।

बाख्रा, खशी र भैँसी मरेपछि साँवद परिवारलाई करिव २ लाख ५० हजारको क्षति पुगेको छ । उनले भने ‘संधै जस्तो नियमित हामी कँुडो, दाना, पानी खुवाउने गरेका थियौं । आजको दानापानीले हामीलाई ब्रजपात बनायो ।’

‘केही होला भनेर गरेको पशुपालनले उल्टै निरासा र क्षति बनायो । अर्को पेशा, व्यवसाय, जागिर केही छैन । भएको यही पशुपालनले पनि साथ दिएन’- बल बहादुर साँवदले दुखेसाे पाेखे ।

तपाईको प्रतिक्रिया