सुर्खेतमा खुकुरी प्रहार, एक जना घाईते
वीरेन्द्रनगर, २८ माघ ।
सुर्खेत वीरेन्द्रनगरमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ चनौटेमा तीन जना व्यक्तिहरूको समुहले खुकुरी प्रहार गरेको थियो । सामुहिक खुकुरी प्रहारबाट भेरीगंगा नगरपालिका–१३ बस्ने बर्ष २७ का कर्ण बहादुर रसाईली गम्भिर घाइते भएका छन् ।
घाईतेको रसाइलीको स्थानीय नर्सिङ होममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । हतियार प्रहार गर्ने वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने बर्ष १७ का अर्जुन बि.क. र सोहि ठाउँका बर्ष १९ का रामपुर्ण रानामगरलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिएको छ । अर्का एक जना व्यक्ति फरार भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुखेृतले जनाएको छ । फरारको व्यक्तिको खोजी भइरहेको र पक्राउ परेकाहरुसंग खुकुरी हानिएको विषयमा अनुसन्धान भैरहेको छ ।
