‘अधुरा योजना पूरा गर्नेलाई अबको चुनावमा साथ दिन्छु’

खगेन्द्रदेव गिरी/वडाध्यक्ष
बराहताल गाउँपालिका–६, सुर्खेत

स्थानीय तहमा नयाँ जनप्रतिनिधि छनौट गर्नका लागि आउँदो बैशाख ३० गते निर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी पनि थालेको छ । योसँगै यसअघि निर्वाचित जनप्रतिनिधिहरु अब विदा हुनेछन् । तर यो अवधिमा हालका जनप्रतिनिधिहरुले जनताको अपेक्षाअनुसार काम गर्न सफल भए त ? या उनीहरु आफैले जनताको बिचमा गरेका बाचा पूरा भए त ? यो अवधिमा सुर्खेतको वराहताल गाउँपालिकाको वडा नम्बर ६ मा कस्ता काम भए ? यीनै विषयमा केन्द्रीत रहेर वराहताल गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष खगेन्द्रदेव गिरीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?
अहिले विकास निर्माणका काम र उपभोक्ता समितिहरु गठन गरिदिने र चलिरहेका विकासका कामको अनुगमनमा ब्यस्त छु । म निर्वाचित भएपछि मैले पहिलो प्राथमिकता गाउँमा सडक र खानेपानीलाई दिएको थिएँ । सबै ठाउँमा अहिले सडकको ट्याक खोल्ने कामसँगै सबै टोलमा खानेपानीको सुिवधा पगुेको छ । दर्इु वटा टोलमा केही समयमा नै प्रत्येक घरमा खानेपानीका धारा पुग्छन् ।

वडामा विकास कसरी भइरहेको छ ?
मेरो वडामा पाँच वडा टोलहरु छन् । ति सबै टोलमा हामीले आधारभुत विकास पुर्याइसकेको अवस्था छ । यो बर्ष भनेको सिँचाइ आयोजना, तारबारका काम र विद्यालय भवन निर्माणका कामहरु चलिरहेका छन् । त्यसैगरी वडा कार्यालयको आफ्नै भवन थिएन । अहिले भवन बनाउने काम शुरु भएको छ । स्वास्थ्यको भवन निर्माण भएर अब त्यो भवनबाट नै सेवा दिनेगरी तयारी गरेका छांै । विशेष्षगरी हाम्र्रो कृषिको लागि उर्वर वडा भएकाले सबै ठाउँमा सिँचाइ पुर्याउनुपर्छ भन्ने हाम्रो सोच हो । यो बर्षभित्र सबै टोलमा सिँचाइ सुविधा पुग्छ ।

बजेटको प्राथमिकता के छ ?
यो बर्ष हामीले कृषिलाई पहिलो प्राथामिकता दिएर बजेट कार्यान्वयन गरिहेका छौं । मैले नजिकै भेरी नदी छ । तर किसानले सिंचाइको अभावमा खेती गर्न नपाउँदा उपयुक्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि उत्पादन कम हुन्छ । त्यसैले सबै किसानको खेतबारीसम्म सिँचाइ उपलब्ध गराउने गरी काम भइरहेको छ ।

त्यससँगै मर्मत र अन्य साना आयोजनाहरु नियमित चलिरहेका छन् । मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पनि सिँचाइ आयोजनामा नै लगाउँदै छौं । प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम र गाउँपालिका वडाको साझेदारीमा सिँचाइ आयोजना सम्पन्न गर्ने र कृषिमा आत्मनिर्भर बनाउने योजना छ ।


काम गर्दा कस्ता चुनौती आए ?
देशमा २० बर्षपछि स्थानीय तहमा निर्वाचन भयो । अझंै नयाँ संरचनामा वडामा जनताले थुप्रै अपेक्षा गरेका थिए । तर सिमित साधन र स्रोतले जनताका अपेक्षा पुरा गर्नुपर्ने पहिलो चुनौती थियो । सबैभन्दा ठुलो चुनौती भनेकै बजेटको अभाव हो । तथापि मैले पहिले नै म निर्वाचित भएपछि यो यो काम गर्छु भनेर योजनासहित जनताको बिचमा गएको थिएँ । म निर्वाचित भएपछि पहिलो बर्ष नै वडाको प्रोफाइल गराएर के समस्या हो भनेर त्यही अनुसार योजना बनाएर काम गरेको हुँदा ति चुनौतीलाई सजिलै सामना गर्न सकियो ।

तपाइँको वडाको मुख्य समस्या के छ ?
मुख्य समस्या भनेको भेरी नदी नजिकै बगिरहेको छ । तर जनताले सिँचाइ गर्न पाएका छैनन् । हामीले केही सिँचाइ आयोजना त बनाएका छौं । तर वडाको बजेटले मात्र ठलुा योजना बनाउन सम्भव छैन । हामीले माथिल्लो तहका सरकारलाई पनि भनेका छौं । हवडामा रोजगारी सिर्जना गर्ने योजना के छन् ? कृषि र पशुपालनलाई प्राथमिकता दिएका छौं ।

विभिन्न साझेदार संस्थाहरुसँग समन्वय गरेर यो बर्ष पनि ४८ वडा भैसीहरु वडामा ल्याइएको छ भने एउटा चिस्यान केन्द्र स्थापना गर्न थालिएको छ । मैले कृषि र पशुपालनबाट नै मानिसहरुलाई आत्मनिर्भर बनाउन खोजेको छु । सबै जनताको पहुँचमा सिँचाइ पुग्नेवित्तिकै उत्पादनमा मानिसहरु लाग्छन् । अनि आत्मनिर्भर हुन्छन् भन्ने मेरो अपेक्षा छ । सँगै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका अन्य विकास निर्माणमा हामीले निम्नवर्गका मानिसहरुलाई रोजगारी दिएका छाै ।

जनतासँग गरिएका बाचा पुरा भए त ?
मैले जनताको बिचमा गरेका बाचा करिब ८० प्रतिशत पुरा गरेको छु । अझै मलाई त जनताले धेरै विश्वास गर्नुभएको थियो । म स्वतन्त्र उम्मेदवार भएर एक्लै चुनाव लड्दा पनि मेरो योजना र प्रतिवद्धतालाई समर्थन गरेर मलाई यो ठाउँमा पुर्याउनुभएको थियो । मैले रातदिन नभनेर ति बाचालाई सम्झिएर काम गरेँ । परिणाम पनि देखिएका छन् । जनता खुशी हुुनुहुन्छ । अब बाँकी योजना पुरा गर्न युवा र जनताको चाहना बुझ्ने साथीलाई सहयोग गर्दै म आफै अब चनुाव नलडेर अरु साथीलाई सहयोग गर्नेछु ।

तपाइँ आएपछि वडामा मुख्य परिवर्तन के भयो ?
सबै टोलमा खानेपानी पुगेको थिएन । अहिले अधिकांश टोलमा खानेपानीका आयोजनाहरु पुगेका छन् । सबै ठाउँमा सडक थिएन । अहिले सबै टोलमा सडक पुगेका छ । विद्यालय भवनहरु सधुार भएका छन् । सिँचाइ सुविधा उपलब्ध गराएर जनतालाई आत्मनिर्भरताको बाटोमा लगाइएको छ । यो सबै पहिले थिएन । अब एउटा भनेको विद्यतुको सुविधा जनतालाई उपलब्ध गराउन बाँकी छ । कृषि र पशुपालनलाई प्राथमिकता दिएका छौं ।

विभिन्न साझेदार संस्थाहरुसँग समन्वय गरेर यो बर्ष पनि ४८ वडा भैसीहरु वडामा ल्याइएको छ भने एउटा चिस्यान केन्द्र स्थापना गर्न थालिएको छ । मैले कृषि र पशुपालनबाट नै मानिसहरुलाई आत्मनिर्भर बनाउन खोजेको छु । सबै जनताको पहुँचमा सिँचाइ पुग्नेवित्तिकै उत्पादनमा मानिसहरु लाग्छन् । अनि आत्मनिर्भर हुन्छन् भन्ने मेरो अपेक्षा छ । सँगै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका अन्य विकास निर्माणमा हामीले निम्नवर्गका मानिसहरुलाई रोजगारी दिएका छाै‌ ।



ताजा समाचार