ज्वरो र रुघाखोकीले थलिदै गाउँ, विरामी कोभिड चेकजाँच गर्नै मान्दैनन्

दुर्गा विसी
सल्लीबजार, २७ माघ ।
ज्वरो र रुघाखोकीले बैक र स्थानीय बिरामी भएको जानकारीपछि बनगाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्यचौंकीले एन्टिजेन परीक्षण ग¥यो । १२ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखियो । पछिल्लो समय सल्यान पश्चिमका अधिकांश गाउँमा ज्वरो, रुघाखोकीका बिरामी धेरै छन् । कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भए पनि परीक्षण भने गरेका छैनन् ।

कतिपय ठाउँका स्थानीय नै कोरोना परीक्षण गर्न अनिच्छुक देखिन्छन् भने कतिपय ठाउँमा परीक्षणको दायरा बढाउन सकिएको छैन् । कोरोना भाइरसको लक्षण देखिए पनि स्वाब परीक्षणमा ग्रामीण समुदाय अग्रसर नहुँदा यसको नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्यकर्मी बताउँछन् ।

लक्षणसहितको बिरामी देखिए पनि परीक्षण गर्न नमान्दा समुदायमै संक्रमण फैलिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । रुघाखोकी, ज्वरो आउने लगायतका बिरामीहरु पनि बढ्दै गएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।अस्पतालका अनुसार रुघाखोकीको लक्षण भएका धेरै बिरामी छन्, । ‘तर कोरोना परीक्षण गराउनेको संख्या कमै छ। यस्तो अवस्थामा परीक्षण गराएमा कोरोना फैलिन पाउँदैन ।’

पछिल्लो समय भीडभाड छ । मान्छे एकअर्काको सम्पर्कमा बढी छन् । स्वास्थ्य सुरक्षाको ख्याल नगर्दा संक्रमण बढदै गएको छ। ‘न स्वास्थ्य सुरक्षाको मापदण्ड छ, न दूरी नै कायम छ ।’ बनगाड कुपिण्डे नगरपालिका बाँझकोट स्वास्थ्य चैकिका अहेव विरेन्द्र केसिले भने ‘हेलचक्राइकै कारण कोरोना संक्रमण रोकथाम गर्न समस्या बढाएको छ ।’

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीले स्वास्थ्य परीक्षण गर्न मानेका छैनन । कोरोना परीक्षण नहुँदा उनीहरूको उपचारमा समेत समस्या परेको छ । अधिकांश बिरामी घरेलु उपचार र मेडिकलको औषधिको भरमा रहेको स्थानीय –पुष्कर विसीले बताए । बनगाड कुपिण्डे नगरपालिकाका पनि विभिन्न स्थानमा कोरोनाको लक्षण भएका बिरामी धेरै रहेको वडा स्थिति स्वास्थ चौकी इन्चार्जहरुले बताए । तर परीक्षण गराउनको संख्या निकै कम रहेको छ ।

शंकास्पद बिरामीले परीक्षण गर्न आवश्यक भए पनि चेकजाँच गर्न नमानेको स्वास्थ शाखाले जनाएको छ । कोरोना भाइरससित मिल्दो लक्षण भएका धेरै जना परीक्षण गर्न मान्दैनन । मौसमी रुघाखोकी भन्दै पन्छिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । परीक्षणको दायरा भएका ठाउँका स्थानीय पनि कोरोना परीक्षण गर्न चाहदैनन् ।

गाउँगाउँमा कोरोना संक्रमणको जोखिम बढे पनि कीट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीयवासीको आरोप छ । जिल्ला अस्पताल र केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको छ । बनगाड कुपिण्डे नगरपालिका भने कोभिड परिक्षणमा संलग्न कर्मचारी कोभिड पोजेटिभ भए पछि परिक्षण कार्य बन्द छ ।

तपाईको प्रतिक्रिया