बेदु गिरीको स्मृतिमा प्रतिक्षालय निर्माण

दिलिप ढकाल
सुर्खेत (छिन्चु), २५ माघ ।
नेपाली कांग्रेस भेरीगंगा नगर कार्यसमितिका पुर्व सभापति स्वर्गीय वेदु गिरीको सम्झनामा वेदु गिरी स्मृति प्रतिक्षालय निर्माण गरिएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर २ पैसठीमा प्रतिक्षालय निर्माण सम्पन्न गरी मंगलबार उद्घाटन गरिएको छ ।

नेपाल निजामती कर्मचारी युनियन र नेपाल स्वास्थ्यकर्मी संघ भेरीगंगा नगरकार्यसमितिका कर्मचारीको सहयोगमा उक्त प्रतिक्षालय निर्माण भएको हो । कर्मचारीको आर्थिक सहयोगमा नेपाली कांग्रेस नगर सभापति तथा नेता स्वर्गीय गिरीको सम्झनामा करिव दुई लाख लगानीमा प्रतिक्षालय निर्माण भएको हो ।


रत्न राजमार्गबाट आवतजावत गर्ने यात्रु र चालकलाई मध्यनगर गर्दै प्रतिक्षालय निर्माण भएको हो । मंगलबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस भेरीगंगा नगर सभापति रामबहादुर सिंह, भेरीगंगा नगरका मेयर, उपमेयर, वडाअध्यक्षहरु, कर्मचारीहरु, कांग्रेसका नेताहरुको उपस्थितीमा प्रतिक्षालयको उद्घाटन गरिएको हो । कार्यक्रमका सहभागीले स्वर्गीय वेदु गिरीको राजनैतिकm, सामाजिक योगदानको समीक्षा गरेका थिए । सहभागीले गिरीको सामाजिक र राजनैतिक कार्यको योगदानको समीक्षा समेत गरेका थिए ।



ताजा समाचार