प्रभुराम पाण्डे
कालिकोट, २५ माघ ।
महावै–७ नाम्नी कोटबाडाका १२३ जना असहाय, अशक्त, जेष्ठ नागरिकलाई न्यान्यो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी) कालिकोट जिल्ला सचिवालय सदस्य तथा १३ आंै जिल्ला सम्मेलनमा साँस्कृतिक बिभाग प्रमुख राजन अधिकारीको पहलमा राहत सामाग्री वितरण गरिएको हो ।
गाँउपालिकामा स्वास्थ्य शिविरबाट ७१० जना लाभावित हुनुका साथै अधिकारीकै पहलमा महावै ७ का गरिब, दुखी, जेष्ठ नागरिक, असाय अपाङ्ग, एकल महिला गरी जम्मा १२५ जना र गरिब दलित असाय बालबालिका १०० जनालाई राहत बितरण भएको जनाइएको छ । कनेक्सन ई–नेपाल काठमाडौ पानीपोखरीका म्यानेजिङ्ग डाईरेक्टर विसंख र प्रेम पुर्ण प्रताप फाउन्डेसनका संरक्षक प्रसिद्ध समाजसेवी पदमा प्रधानद्वारा पचास/पचास हजार सहयोग संकलन गरी राहत सामाग्री वितरण गरिएको हो ।
त्यस्तै सोही गाउँपालिका वडा नं. ७ राम्नीकै १०० जना गरिब दुःखी असाय सहिद परिवारका बालबालिकालाई शैक्षिक सामाग्री कापी कलम बितारण गरिएको छ । उक्त बितरण कार्यक्रममा नेकपा माओवादी केन्द्र वडा कमिटी इन्चार्ज नन्दकिशोर चौलागाईंको अध्यक्षता र राहत सामाग्री बितरणकर्ता नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य शान्त नेपालीको प्रमुख आथित्यतामा बितरण गरिएको थियो ।
सोही कार्यक्रममा एमालेबाट प्रतिनिधित्व गर्दै जयप्रसाद अधिकारी, नेपाली काँग्रेसबाट कृष्ण प्रसाद अधिकारी लगायत वडाका सम्पूर्ण नेता तथा अग्रज ब्यक्तित्वहरुको उपस्थितिमा न्यानो कपडा बितरण कार्य सम्पन्न भएको राजन अधिकारीले जनाउनु भएको हो । छोटो समयमा अधिकारी समाजसेवामा निकै राम्रा काम गर्दै आउनुभएको छ ।
उक्त कार्यक्रममा लाभ लिन आउनुभएका जेष्ठ नागरिक, दलित, अपाङ्ग, असायहरुले चिसो समय त्यहिमा हिउँ परेको बेला न्यानो कपडाले आफ्ना लागि ठूलो राहत पुगेको बताएका छन् । अमेरिका रहनुहुने पदम प्रधान र राजु बिसंख आफुहरुको लागि भगवान भएको बताउनुभएको छ ।
उक्त कार्यक्रममा बोल्ने अतिथिहरुले राजननै अब वडाबासीको आश बनेको र सहयोगी हातहरु वडासँग जोडने पुल बनेको बताएका छन् । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राहत समाग्री ल्याएर आउनु भएका दोलाखा निवासी शान्त नेपालीले कालिकोट जिल्लाको लागि र महावै ७ नं वडा को लागै हरेक समय अझै सहयोग गर्ने र निरन्तर सम्पर्कमा रहने बताउनुभयो । उक्त कार्यक्रम स्वस्थ्य मापदण्ड अनुसार कार्यक्रम गरिएको अधिकारीले बताउनुभयो । उक्त कार्यक्रमको आयोजक नेकपा माओवादी केन्द्र महावै ७ वडा कमिटी रहेको थियो ।
युग संवाददाता । । २५ माघ २०७८, मंगलवार ०६:५५