दुर्गा विसि
सिम्ता, २५ माघ ।
सुर्खेतको सिम्ता गाउँपालिकामा ९ वटै वडामा पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । उक्त शिविरबाट २४ हजार पशुचौपायको उपचार तथा पिपिआर खोप लगाउने जनाएको छ । सिम्तामा प्रत्येक वर्ष पशु स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ ।
वडाको टोल, वस्ति र पायक पर्ने स्थानमा किसानले आफ्ना पशुचौपाय उक्त शिविरमा ल्याइ मौकाको फाईदा लिन सिम्ताली कृषकहरुर्लाइ सिम्ता गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख दिलवहादुर पुनको भनाई रहेको छ । पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको आयोजना र सिम्ता गाउँपालिकाको समन्वयमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सिम्ता गाउँपालिका वडा नं. ३ मा अध्यक्ष नहकुले बुढा र वडा नं. १ वडा अध्यक्ष मानसिं कामीको उपस्थितिमा उद्घाटन गरिएको छ ।
सो कार्यक्रम पशुपन्छी विकास निर्देशनालयले खोप सहयोग र सिम्ता गाउँपालिकाले प्राविधिक सहयोगमा बाख्राको पिपिआर खोप सप्ताह यहि माघ २३ गते बाट सञ्चालन गरिएको छ । खोप सप्ताह नामकरण दिएर २४ हजार पशुचौपायाको स्वास्थ्य चेकजाँच साथै पिपिआर खोप लगाउने बताइएको छ ।
उक्त कार्यमा सहयोग पु¥याउन पशु स्वास्थ्य शाखाले सार्वजनिक अपिल गरेको छ । पायक पर्ने स्थानमा पशु चौपाया ल्याई उपचार, आवश्यक सल्लाह, औषधी उपचार र बाख्राहरुको लागि अनिवार्य खोप लगाउने बताएको छ ।
युग संवाददाता । । २५ माघ २०७८, मंगलवार ०६:२४