शिक्षक–विद्यार्थीलाई इन्टरनेट सुरक्षा सम्बन्धि तालिम
मनोज बोहोरा ।
वीरेन्द्रनगर, २४ सुर्खेत ।
सुर्खेतका विद्यार्थी र शिक्षकहरुलाई इन्टरनेटको सुरक्षा सम्बन्धि तालिम दिइएको छ । नेपाल स्काउट कर्णाली प्रदेशले तामिल दिएको हो ।
तालिममा स्काउट कार्यक्रम लागू भएका वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका र गुर्भाकोट नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरु सहभागी थिए ।
कार्यक्रममा रोबर रेन्जर कुष्मा गुरुङले सामाजिक सञ्जाल कसरी सुरक्षित रुपमा चलाउन नसक्दा हुनेसक्ने सम्भावित घटना जानकारी दिइन् । त्यस्तै रोवर रेन्जर अर्जुन शाहीले सामाजिक सञ्जालमा कस्ता विषयबस्तूहरु पोष्ट गर्ने, सामाजिक सञ्जालमा आएका सही र गलत सूचनाहरु कसरी पहिचान गर्ने विषयमा अभिमुखिकरण दिए ।
कर्णाली प्रदेश स्काउट कार्यालयका गणेश पान्डेले परिवारका सदस्यलाई सामाजिक सञ्जाल र इन्टरनेटको सही प्रयोग गर्न सकिन्छ भनेर शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रिया गरे । कार्यक्रमको समापन गर्दै नेपाल स्काउट कर्णाली प्रदेशका संयोजक कमल बोहोराले हरेक विद्यालयमा स्काउटका गतिविधि प्रभावकारी बनाउन शिक्षक र विद्यार्थीसँग अनुरोध गरे ।
