‘किसानमैत्री नीति बनाए उत्पादन बढाउन सकिन्छ’

राजु भुज/कृषि विज्ञ
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कर्णाली प्रदेश, सुर्खेत

कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा राजु भुज कृषि विज्ञको रुपमा कार्यरत छन् । विगत २८ बर्षदेखि निजामति क्षेत्रमा कार्यरत उनले हाल यो मन्त्रालयको योजना महाशाखाको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । स्थायी रोजगारीका लागि उनले शिक्षण पेशा छोडेर निजामति क्षेत्रमा आएका हुन् । प्रस्तुत छ, उनै राजुको जीवनभोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादिंत अंश :

सुखद् बाल्यकाल

२०२६ साल कार्तिकमा बुवा स्व. रामनारायण र आमा कञ्चन भुजबाट राजुको जन्म भएको हो । उनी कपिलबस्तुको महाराजगञ्ज नगरपालिका नगरपालिका वडा नं. २ पडरियामा जन्मिएका हुन् । बुवाआमा नै कृषिक थिए । खेतिपाती नै आयआर्जनको मुख्य स्रोत थियो । प्रशस्त खेति गर्ने भएका कारण अभाव थिए । संयुक्त परिवारमा भए पनि बाल्यकाल भने सुद्ख नै रह्यो । धेरै दाजुहरु भएका कारण घरायसी काममा पेलिनु परेन । सानोमा दौतरीसँग हाँसलेख गर्दै पालापन कटाए ।
स्कूल पढ्ने एक्लो छोरा
राजुका आठ दाजुभाइ छन् । दुर्भाग्य, उनी बाहेकले पढ्ने अवसर पाएनन् । ‘अन्य दाजुभाइहरु सामान्य साक्षर मात्रै हुनु भयो’ उनी भन्छन्, ‘आठ दाजुभाइ मध्येमा पढ्न पाउने एक्लो हुँ ।’ प्रशस्त जग्गाजमिन भएका कारण दाजुभाइहरु खेतिपातिमै व्यस्त भए । पढाइमा अब्बल भएका कारण पनि उनले राम्रोसँग शिक्षादिक्षा लिने मौका पाए । कक्षा १ देखि १० सम्म उनी सधै प्रथम भए । दोस्रो श्रेणीमा एसएलसी पार गरेका उनले प्रथम श्रेणीमा प्लसटु गरेका छन् । गाउँकै भद्र निम्न माध्यामिक विद्यालयबाट कखर सिके । त्यहाँ उनले कक्षा सातसम्म अध्यन गरे । कक्षा ८ देखि १० सम्म जानकी माध्यमिक विद्यालय महारजंगमा पढे । २०४३ सालमा एसएलसी उत्र्तिण गरेका उनले भारतको शिवपति इन्टर कलेज सोहरतगडबाट कृषि विज्ञान विषयमा प्लसटु गरे । त्यसभन्दा माथिको पढ्न पाएनन् ।


शिक्षण पेशा त्यागिदिए
राजुले २०४६ सालमा प्लसटुको पढाई पुरा गरे । सानैदेखि पढाइमा अब्बल र प्रथम श्रेणीमा प्लसटु गरेका कारण उनलाई सबैले शिक्षक भइदिनु प¥यो भन्थे । प्लसटुभन्दा माथि पढ्ने इच्छा भए पनि वातावरणले साथ दिएन । त्यसपछि उनी शिक्षण पेशामा होमिए । साथीभाइकै अनुरोधमा स्याङ्झा पुगे । सरस्वति माध्यमिक विद्यालय उदयाचौरमा करिव चार बर्ष अध्ययन गरे । शिक्षण पेशामा आम्दानी र सानसम्मा राम्रै थियो । विद्यार्थीहरुको मायाममता र अभिभावको सम्मान थियो । तर स्थायित्व नभएपछि शिक्षण पेशामा टिक्न त्यागिदिए ।

अनि लोकसेवा पास भए
२०५० सालतिर अहिले जस्तो लोकसेवा आयोग लत थिएन् । प्रायः जनशक्ति शिक्षण पेशामै रुचि राख्थे । तर शिक्षण पेशामा स्थायित्व थिएन । स्थायी हुने बाटो खुल्न धेरै समय लाग्थयो । तर लामो समयसम्म अस्थायी रुपमा शिक्षण गर्न राजी भएनन् । ‘स्थायित्व नभएकै कारण मैले शिक्षण पेशा छोडेको हुँ’ उनी भन्छन्, ‘लोकसेवा आयोगले विज्ञापन खोलेको थाहा पाएपछि शिक्षण पेशा नै छोडिदिए ।’ शिक्षण पेशा छोडेर उनी सुर्खेत आए । लोक सेवा आयोग सुर्खेतले लिएको परीक्षामा उनी सफल भए । २०५० जेठ २६ गते प्राविधिक सहायक कृषि पदबाट निजामति क्षेत्रमा प्रवेश गरे । दैलेखको जिल्ला कृषि विकास कार्यालय अन्तरगतको दुल्लु कृषि सेवा झण्डै १६ बर्षसम्म सेवा गरे । २०६६ सालमा अधिकृत पदमा बढुवा भएपछि जिल्ला कृषि विकास कार्यालय दैलेखमा योजना शाखाको जिम्मेवारी सम्हाले । त्यहाँ उनले करिव सात महिना निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पनि बहन गरे । २०७५ सालपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा परियोजना प्रमुख भए । २०७८ जेठदेखि कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषि अर्थ विज्ञ एवम् योजना महाशाखा प्रमुखको रुपमा कार्यरत छन् ।

यसरी बढाऔं उत्पादन
नेपाल कृषि प्रधान देश हो । यहाँका बहुसंख्यक नागरिकको मुख्य पेशा कृषि नै हो । तर मुलुक कृषिमा आत्मनिर्भर छैन । उत्पादित बस्तुले बजार पाउँदैन त कतै खान पुग्नेसम्म उत्पादन छैन । न सिंचाई सुविधा छ न त कृषकले समयमा मल बीउ पाउछन् । परिणामत ः मुलुक खाद्यान्नमा परिनिर्भर छ । राज्यको ठूलो लगानी खाद्यान्न आयातमा खर्च गर्नुपर्ने बाध्यता छ । यही कारण मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर किसानमैत्री नीति बनाउनुपर्ने उनको सुझाव छ । ‘उत्पादन बढाउन सबैभन्दा पहिले किसानमैत्री नीति बनाऔं’ उनी भन्छन्, ‘राज्यले मल, बीउ र सिंचाई सुविधा बढाएपछि मात्रै मुलुक कृषिमा आत्मनिर्भर बन्न सक्छ ।’
जसरी संविधानले संविधानले खाद्य अधिकार भनिएको छ, त्यसैगरी किसानाहरुको लागि मल, बीउ र सिंचाइको ग्यारेन्टी हुनुपर्ने उनको बुझाइ छ । ‘मल, बीउ र सिंचाई सुविधासँगै कृषकलाई प्राविधिक ज्ञान नदिएसम्म उत्पादन बढ्दैन’ उनी भन्छन्, ‘साँचिक्कै उत्पादन बढाउने हो भने किसानमैत्री नीति बनाऔं र कृषि पेशालाई सम्मानित पेशा बनाऔंँ ।’

दण्ड र पुरस्कार होस्
निजामति क्षेत्र एउटा सम्मानित पेशा हो । तर केही व्यक्तिहरुका कारण यो निजामति पेशाप्रति गलत बुझाई छ । निजामति पेशालाई अझै सम्मानित र मर्यादित पेशा बनाउन दण्ड र पुरस्कारको व्यवस्था गरिनुपर्ने राजुको सुझाव छ । ‘पेशाको गरिमालाई बढाउन कर्मचारीले नै इमान्दार पूर्वक काम गर्नुपर्दछ’ उनी भन्छन्, ‘अब राज्यले नै इमान्दार पूर्वक काम गर्ने कर्मचारीलाई सम्मान र गलत गर्नेलाई दण्ड गरिनुपर्दछ ।’ इमान्दार पूर्वक काम गर्ने राष्ट्र र जनताप्रति सेवा गर्ने कर्मचारीलाई पुग्नेगरी सेवा सुविधा दिनुपर्ने तर कर्मचारीलाई अभाव सिर्जना हुने वातावरणको अन्त्य गरिनुपर्ने उनको सुझाव छ ।

इमान्दार कर्मचारीको छवी
जीवनको पाँच दशक पार गरिसकेका राजुले जीवनमा धेरै सुखदुख भोगेका छन् । निजामति क्षेत्रका इमान्दार कर्मचारीको छवि बनाएका छन् । २०५० सालमा निजामति क्षेत्रमा प्रवेश गर्दा उनी निकै खुशी भए । शिक्षण पेशा त्यागेर स्थायी रोजगारी पाउँदा उनले सबैभन्दा खुशी भए । जीवनका धेरै वशन्तमध्ये आबाबुवा गुमाउँदाको क्षण भने दुःखदाय क्षण हो । ‘२०५८ सालतिर दैलेखमै थिएँ, आमाबुवा गम्भीर विरामीहुँदा सेवा गर्न पाइन’ उनी भन्छन्, ‘बुवाआमालाई सेवा गर्न नपाउँदा निकै पछुतो भयो ।’ आमा बुवा विरामी भएको खबर पाउँदा पनि दैलेखसम्म गाडी सहज सुविधा नहुँदा समयमै घर पुग्न पाएनन् । उपचार नपाएकै कारण आमाबुवाको मृत्यु भयो कि भनेर उनलाई सधै पुछुतो लाग्ने गरेको छ ।



ताजा समाचार