ताजा खबर
  

नेता ज्वालाको पहलमा नारायण माविमा बन्यो ८ कोठे भवन

दुर्गा विसी
सल्लीबजार, २२ माघ ।
सल्यानको कुमाख गाउँपालिका वडा नं. २ मा रहेको नारायण माविको ८ कोठे भवन पूर्व आर्थिक ममिला तथा योजना मन्त्री प्रकाश ज्वालाद्वारा उद्घाटन गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा करिव ५४ लाख लागतमा उक्त भवन निर्माण भएको हो । भवन उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका उप–महासचिव तथा कर्णाली प्रदेश सरकारका पूर्व अर्थ मन्त्री प्रकाश ज्वालाले शिक्षा क्षेत्रको आमुल परिवर्तन विना अरु परिवर्तन असम्भव रहेको जनाए ।

आफु निर्वाचित भए पश्चात् हालसम्म जीर्ण भवनको मर्मत तथा नयाँ विद्यालय भवनमा सल्यान जिल्लाका धेरै विद्यालयहरुको भौतिक पूर्वाधारमा वजेट विनियोजन गरेको ज्वालाको भनाई रहेको थियोे । वजेट विनियोजनसँगै विद्यालयहरु निर्माण कार्य सम्पन्न भई प्रयोगमा आइसकेको समेत बताइएको थियोे ।

आफ्नो पहिलो नजर शिक्षा क्षेत्रमा नै परेको ज्वालाको भनाइ रहेको थियोे । गाउँपालिका अध्यक्ष दिलमाया वुढा र ज्वालाले संयुक्तरुपमा रिबन काटेर विधिवत रुपमा भवनको शनिबार उद्घाटन गरिएको छ । स्विकोट नेटा वजारमा रहेको उक्त विद्यालयको लागि गाउँपालिकाद्वारा करिव २७ लाख १४ हजार ८ सय ४७ र तत्कालीन अर्थमन्त्री हुँदा ज्वालाले प्रदेश आर्थिक मामिला मन्त्रालयबाट सोही बराबरको रकम विनियोजन गरि करिव ५४ लाख २९ हजारमा उक्त भवन बनेको जनाएको छ ।


भवनको कामको जिम्मेवारी न्यू विके विल्डर्स एण्ड सप्लायर्स निर्माण कम्पनीले आर्थिक वर्ष २०७७ चैत मसान्तभित्र सम्पन्न गरिसकेको थियोे । भवन उद्घाटन कार्यक्रमसँगै शनिबार विद्यालयले सम्मान कार्यक्रम समेत गरेको छ । भवन गुणस्तरीय तथा राम्रो भएको प्रधानाध्यापक देवेन्द्र रावतको भनाइ रहेको थियोे ।

विशेष कार्यक्रम आयोजना गरि विद्यालयको भवन उद्घाटन गरिएको छ । ५४ लाख लागतमै ८ कोठे भवन भनेपछि पठनपाठनमा निकै सहज हुने जनाएको छ । यस कार्यमा सहयोग पु¥याउने गाउँपालिका र तत्कालीन पूर्व अर्थमन्त्री ज्वाला, भवन निर्माण कार्यमा संलग्नता कम्पनीलाई विद्यालय परिवारले विशेष सम्मान समेत गरेको छ ।



ताजा समाचार