मुख्यमन्त्री शाहीद्धारा औद्योगिक क्षेत्रको निरिक्षण

सुर्खेत, २० माघ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले वीरेन्द्रनगर औद्योगिक क्षेत्रको निरिक्षण गर्नुभएको छ । कर्णाली प्रदेशको एकमात्र र सबै भन्दा पुरानो औधोगिक क्षेत्रको पूर्वाधार विकास निर्माण, उद्योगहरुको वर्तमान अवस्था, उत्पादन, तयारी वस्तुहरुको बजारिकरणको विषयमा जानकारी लिन अनुगमन निरिक्षण गर्नुभएको हो ।

औद्योगिक क्षेत्र भित्र चालु अवस्थामा रहेका भवानी छापाखाना, सुर्खेत डेरी उद्योग प्रा.लि., सुरक्षा ग्याबिन वायर इण्डष्ट्रिज प्रा.लि., कर्णाली इन्जिनियरिङ्ग वक्र्स लगायतका उद्योगहरुको मुख्यमन्त्री शाहीले अनुगमन–निरिक्षण गर्नुभएको थियो । सोही अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीव नारायण बन्जाडेले औधोगिक क्षेत्र भित्रका विषयगत समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

विद्युतको डेडिकेटेड फिडर, बाटो कालोपात्रे, ढल पानीको व्यवस्थापन, ओभरहेड टंकी निर्माण, कार्यालयको भवन निर्माण प्रमुख समस्या रहेको जानकारी गराउनुभयो । ९० रोपनी क्षेत्रफलमा फैलिएको औद्यागिक क्षेत्रभित्र चालु अवस्थामा २२ वटा, ३ वटा निर्माणाधिन र ३ वटा बन्द उद्योग रहेको कार्यालय प्रमुख बन्जाडेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया