मोबाईल र ल्यापटप चोरी गर्ने ३ पक्राउ
सुर्खेत, २० माघ ।
वीरेन्द्रनगर–९ लाटीकोइलीबाट मोवाईल तथा ल्यापटप चोरी गर्ने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मोवाईल र ल्यापटपसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ बस्ने बर्ष १९ को सन्तोष सुनार, वीरेन्द्रनगर–३ बस्ने बर्ष १९ को विवेक थापा र बर्ष १८ को विवेक सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट जारी प्रेस नोटमा उल्लेख गरिएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जनाइएको छ ।
