लागुऔषधसहित पाँच जना पक्राउ

सुर्खेत, २० माघ ।
वीरेन्द्रनगर–१० बसपार्कबाट लागु औषधसहित दुई जनासहित पाँच जना पक्राउ परेका छन् । यस अघि भेरीगंगा नगरपालिबाट लागुऔषध र नक्कली नोटसहित तीन जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । वीरेन्द्रनगर–३ बस्ने प्रकाश बुढा र सोही स्थान बस्ने बर्ष २२ को दिपेन्द्र थापालाई शंकास्पद रुपमा फेलापारी खालतलासी गर्दा उनीहरुसंग प्लाष्टिकमा राखिएको लागु औषधसहित पक्राउ जनाइएको छ ।

उनीहरुबाट ३ ग्राम ६ मिलिग्राम र शुद्ध दुई ग्राम ८५० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान कार्य भैरहेको जनाइएको छ । यस अघि लागूऔषध र नक्कली नोटसहित तीन जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरुलाई भेरीगंगाबाट पक्राउ गरिएको जनाएको छ । रत्नराजमार्ग अन्तर्गत तोलीखोला नजिक रहेको प्रहरी चेक पोइन्टका प्रहरी सहायक निरीक्षक युवराज ढकालको नेृत्वमा खटिएको टोलीले आइतबार राती उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी चेकजाँच गर्दा लागूऔषध र नक्कली नोट फेला परपछिे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर वडा नम्बर १० का आशिस बैगार, विवेक विक र भेरीगंगा नगरपालिका वडा नम्बर ९ का प्रमोद गुरुङ छन् । उनीहरुको साथबाट लागूऔषध र नेपाली एक हजारका नौ वटा नक्कली नोट बरामत गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बहुविवाहको मुद्दामा अदालतबाट सजाय पाए पनि फरार रहेका दुई जनालाई पक्राउ गरिएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ५ का ज्ञानबहादुर सलामी र रुपा सलामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बहुविवाह गरेपछि जिल्ला अदालत सुर्खेतले ज्ञानबहादुरलाई तीन बर्ष र रुपालाई एक वर्ष कैद तथा नगद जरिवानाको सजाय तोकेको छ । अदालतको फैसलापछि फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया