युगआव्हान दैनिकको विगतदेखि वर्तमानसम्म

युगआह्वान दैनिकलाई राष्ट्रियस्तरको मान्यता

सुर्खेत, १८ माघ ।
सुर्खेतबाट प्रकाशित भइरहेको ‘युगआह्वान दैनिक’ पत्रिकाले राष्ट्रियस्तरको पत्रिकाको मान्यता पाएको छ । देशभर प्रकाशित हुने पत्रपत्रिकाको स्तर निर्धारण गर्ने प्रेस काउन्सिल नेपालको हालै सार्वजनिक भएको नतिजा अनुसार उक्त पत्रिकाले राष्ट्रिय स्तरको पत्रिका बन्न सफल भएको छ ।

नेपाल सरकारको वैधानिक निकाय प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा युगआह्वान दैनिक राष्ट्रिय स्तरको पत्रिकामा सूचिकृत हुन सफल भएको हो । काउन्सिलले गरेको देशभरका पत्रपत्रिका वर्गीकरणमा युगआह्वान राष्ट्रिय ‘ख’ वर्गमा परेको छ । काउन्सिलले आइतबार आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो ।

२०६६/०६७ देखि २०६९/०७० सम्म स्थानीय ‘ग’ वर्गमा परेको यो पत्रिका २०७०/२०७१ देखि २०७५/२०७६ सम्म क्षेत्रीय/प्रादेशिक ‘ख’ वर्गमा परेको यो पत्रिका २०७६/२०७७ मा राष्ट्रिय स्तरको ‘ख’ वर्गमा पर्न सफल भएको छ । जसमा युगआह्वान दैनिक राष्ट्रिय ‘ख’ वर्गमा पर्न सफल भएको हो । योसँगै युगआह्वान दैनिक कर्णाली प्रदेशबाट राष्ट्रिय स्तरको पत्रिकामा सूचिकृत हुने पहिलो पत्रिका बनेको छ ।

२१ बर्षअघि साप्ताहिकबाट प्रकाशन सुरु गरेको युगआह्वान कर्णाली प्रदेशबाट प्रकाशित हुने एकमात्र रंगिन र सबैभन्दा ठूलो ब्रोडसिट आकारको पत्रिका हो । प्रेस काउन्सिलले पत्रिकाको वितरण, कर्मचारी संख्या, समाचार सामग्रीको गुणस्तरलाई आधार मानेर वर्गीकरण गर्दछ ।

कोरोनाको पहिलो कहरमा देशका सबै जसो पत्रपत्रिका बन्द हुँदा पनि यस पत्रिकाले आफ्नो प्रकाशन र वितरणलाई नियमित्तता बनाउन सफल भएको थियो । कोरोनाको त्रासपूर्ण अवस्थामा बजारमा छयापछ्यापती पत्रिका देखिएपछि पत्रिकाले थप उचाई लिएको थियो ।

पत्रिकाको जन्मदेखि वर्तमानसम्म
२०५७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रकाशक÷सम्पादक ऋषि प्रसाद शर्मा रहेर कानूनि रुपमा दर्ता नं. ११ मा दर्ता भएर साप्ताहिक रुपमा प्रकाशन सुभारम्भ भएको थियो । स्रोत, साधनको अभावमा पत्रिका केही बर्ष बन्द भएको थियो । पत्रिका प्रकाशनको शुभारम्भमा कार्यकारी सम्पादकमा कमलेश डिसी, भावुक डिसी, धु्रव कुमार कोइरालाको टिमले काम गरेको थियो । जसमा अप्रत्येक्ष रुपमा धु्रव कुमार शाही, ताराकेशर गौतम, टेकेन्द्र कुमार बस्नेत लगायतले सहयोग पु¥याउनुभएको थियो । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रविरविक्रम शाहको ‘शाही’ शासन कू पछि केही बर्ष पत्रिका बन्द भएको थियो ।

पत्रिकाका संस्थापक प्रकाशक÷सम्पादक ऋषि प्रसाद शर्माको पहिलो संविधान सभाको निर्वाचनका क्रममा २०६४ चैत्र २६ गते चुनावी प्रचार–प्रसारका क्रममा मैनतडाको लोदेमा गोली हानि हत्या भएपछि उहाँकै सम्झना टीकाराम शर्मा प्रकाशक÷सम्पादक रहेर पत्रिका साप्ताहिक रुपमा प्रकाशित भएको थियो । २०६६ साल पुष १४ गतेदेखि साप्ताहिक रुपमा पुनः प्रकाशन हुन थाल्यो । यस समयमा कार्यकारी सम्पादक काँशिराम शर्मा, सम्पाददाता रिता कँडेलको टिमले पत्रिकालाई निरन्तरता दिएको थियो ।

२०६६ साल चैत २९ गतेदेखि युगआह्वान दैनिकमा परिणत भएपछि प्रकाशक टीकाराम शर्मा, सम्पादक युवराज शर्मा रहेको टीमले पत्रिकाको दैनिक प्रकाशन गरेको थियो । पत्रिकाको पुनः प्रकाशन क्रममा सेयर सदस्यहरुमा टिकाराम शर्मा, शिव प्रसाद उपाध्याय, डण्डी प्रसाद शर्मा, तेज बहादुर खड्का, विष्णु बहादुर शाही, हेमध्वज थापा, तारा देवकोटा, चक्रदेव शर्मा, महेश शर्मा, लक्ष्मी शर्मा, धन बहादुर रावत, भिम बहादुर मल्ल, मान बहादुर शाही, प्रयागराज शर्मा, यज्ञ प्रसाद ढकाल, सुरेश रेग्मीसहित १७ जनाको सञ्चालक टीम रहेको थियो ।

२०६७ माघ १ गतेदेखि पत्रिकाको प्रकाशक टीकाराम शर्मा र कार्यकारी सम्पादक दीपक कुमार बुढाक्षेत्री रहेको टीमले पत्रिकालाई निरन्तरता दिएको थियो । पत्रिकामा गोविन्द खत्री, खेमराज ओली, स्व. डिल प्रसाद शर्मा, तुलाराम बुढा, सुशिल खड्का, करिस्मा चौधरी, देव बहादुर राना, पूर्ण बहादुर खड्का, गोविन्द विश्वकर्मा, भगवती उपाध्याय, मान बहादुर खड्का जोडिनुभएको थियो ।

२०७६ साउन ३१ गते पत्रिकाको सम्पूर्ण दायित्व तथा जिम्मेवारी प्रकाशक÷सम्पादक दीपक कुमार बुढाक्षेत्री लाई हस्तान्तरण गरेर पत्रिका सञ्चालनको क्रममा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा लगानीकर्ताको रुपमा जोडिनुभएका सबै सेयर सदस्यहरु विदाई हुनुभएको थियो । पत्रिकाको दायित्व तथा जिम्मेवारी नयाँ आएपछि व्यवस्थापकिय रुपमा नयाँ रुपमा पत्रिकाले आफ्नो इतिहाँस रच्न सफल भएको छ । जाजरकोट र डोल्पा जिल्ला प्रशासन कार्यालयबाट पुनः पत्रिका प्रकाशनको स्वीकृत लिएर केही बर्ष दैलेख, जाजरकोट र डोल्पाबाट समेत पत्रिकाको पुनः प्रकाशन गरिएको थियो । २०७२ माघ २८ गते जाजरकोट र २०७६ मंसिर २४ गते डोल्पा जिल्ला प्रशासन कार्यालयबाट पत्रिका पुनः प्रकाशनको अनुमति लिएर पत्रिकालाई केही बर्ष पुनः प्रकाशन समेत गरिएको थियो ।

२०७६ भदौं १ गतेदेख कर्णाली प्रदेशमै पहिलो पटक ब्रोडसिट आकारमा रंगिन पत्रिका प्रकाशन शुभारम्भ गरिएको थियो । तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओली, सञ्चार मन्त्री गोकुल वास्कोटा, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ओम शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको शुभकामना मन्तव्य प्रकाशन गर्दै ब्रोडसिट पत्रिका बजार पठाउन थालिएको थियो । पत्रिकाको नयाँ व्यवस्थापनसहित जोडिनुभएका ललित बहादुर बुढा, देव बहादुर राना, सुशिल खड्का, नन्दराम देवकोटा, गीता थापा, सुरेश आचार्य, ओम बहादुर शाही, टेकराज केसी मध्ये केही निरन्तर निरन्तर जोडिनुभएको छ भने केही विदा भैसक्नुभएको छ ।

यो पनि पढ्नुहोस :

मेरो स्मृतिमा ‘युगआह्वान’

युगआह्वान : विगतदेखि वर्तमानसम्म

 

तपाईको प्रतिक्रिया