बनगाड प्रमुखमा ओली प्रबृत्ति, बहुमत सदस्यद्धारा कार्यपालिका बैठक बहिस्कार
दुर्गा विसि
सल्लीबजार, १८ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धन दलहरुको बैठकले केही दिन अघि प्रकाशित विज्ञप्तिमा उल्लेख भएका कुनै पनि कुरा संवोधन नभएको भन्दै बैठक बहिस्कार गरेका छन् । सोमबार बस्ने भनेको बनगाड कुपिण्डे नगरपालिकाको कार्यापालिका बैठक वहुमत सदस्यद्वारा वहिस्कार भएपछि कुनै कार्य सुचिमा प्रवेश गर्न नपाएर अनिश्चितकालका लागि स्थगित भएको छ ।
वडा अध्यक्ष शान्त कुमार यरिलाई कारवाहि भएको जानकारी स्वरुप नगर प्रमुखले बैठकमा नबस्न आग्रह गरे पश्चात् बहुमत सदस्यहरु जुरुजुरु उठेर बाहिरिएको जनाइएको छ । कुनै विषय वा एजेन्डामा प्रवेशै नगरी बैठक सकिएको छ । यता गठबन्धन दलहरुले भने वडा अध्यक्ष लगायतका विषयमा गल्ती नसच्चिएसम्म कुनै पनि निर्णय नहुने जनाएको छ । नेकपा माओवादी केन्द्र, समाजवादी, नेपाली कांग्रेसले समेत गल्त कदमको डटेर सामान गर्ने जनाएका छन् ।
साथै कार्यापालिका बैठक बस्न नसक्दा विकास निर्माण कार्यका धेरै दुरगामि असर पर्ने नगरपालिकाले जनाएको छ ।कार्यापालिका बैठक वस्न नसक्दा हिउँदे अधिवेशन समेत प्रभावित भएको छ ।पछिल्लो समयमा नगर प्रमुख पुन प्रती वहुमत सदस्यीयहरु निकै रुष्ट वनेका छन् । साथै नगरपालिका निति,विधि भन्दा फरक ढंगले सञ्चालन भैरहेको वताएको छ । बहुमत कार्यापालिका सदस्यहरुले एक जना नगर प्रमुखले सबै कामकाज गरिहाल्ने भए हामी किन चाहियो र दुधको साँची विरालो बन्न त्यो बैठकमा किन बस्ने उल्टै प्रश्न राखेका थिए ।
विवादकै विच ढिलो नगर सभा गरेको नगरपालिकाले पुनः चर्काे विवाद उत्पन्न भएपछि हिउँदे अधिवेशन लगायत सबै कामकाज ठप्प रहेका छन् । वडा अध्यक्ष यरिप्रतिको राजनीतिक प्रतिशोध पुन कार्य लगायत गठबन्धन दलहरुका माग सम्बोधन नभएसम्म अब उक्त नगरका सबै कामकाज अघि नबढ्ने जनाएको छ । गठबन्धन दलहरुले भने केही दिन पछि थप कदम चाल्ने जनाएका छन् । एक हप्ते अल्टिमेटम सकिँदै छ । छिट्टै बसेर थप निर्णयसमेत हुने जनाइएको छ ।
