अन्यायविरुद्ध लड्दै सामाजिक सेवामा

समाजमा बर्ग छ । अर्थात समाजमा हुनेखाने र हुँदा मात्र खानेहरु छन् । आर्थिक अभावमा गरिबहरु कमजोर बन्दै गएका छन् भने धनीहरु स्रोतमा कब्जा जमाउँदै थप धनी बन्दै गएका छन् । समाजको यही चरित्र देखेर सुर्खेतका यज्ञप्रसाद ढकाल सानैदेखि विद्रोही स्वभावका बने । अन्यायको विरुद्धमा लड्न थाले । अन्यायको विरुद्धमा लड्दा उनी पढाइ नै छाडेर भाग्नुपर्ने अवस्था पनि आएको थियो। आज उनी समाजमा आर्थिक अवस्था कमजोर भएकाहरुको जीवनस्तर उकास्ने अभियानमा सक्रिय छन् । हाल सुर्खेतको भेरीगंगामा रहेको गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका उनै ढकालसँग आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

अन्याय सहन सक्थेनन्
बुवा मणिराम ढकाल र आमा गंगादेवी ढकालको कोखबाट २०२३ साल चैत १ हालको चिंगाड गाउँपालिका सुर्खेत अन्तर्गत साविक पाम्का गाविसमा यज्ञप्रसाद ढकालको जन्मभयो । उनी घरका माइलो छोरा हुन् । ढकालका ६ भाइ र चार बहिनी छन् । उनले ४ बर्षको उमेरसम्म गाउँमै विताए । उनी ४ बर्षको हुँदा नै उनको बुवा आमा बसाई सरेर छिन्चुमा आए ।

त्यसपछि भने उनको बाल्यकाल छिन्चुमा नै वित्यो । उनले कक्षा ३ सम्म छिन्चुमै पढे । ४ कक्षादेखि ७ सम्म भने दशरथपुरमा पढे । यस्तै उनले ८ कक्षा भने गुमीमा पढे । सानैदेखि मेहेनती र सालिन स्वभावका उनी अन्यायको विरुद्धमा लाग्थे । अन्याय सहन सक्दैन्थे ।

आन्दोलनमा लाग्दा…
उनी ८ कक्षामा पढ्दै थिए । त्यतिबेला पञ्चायती शासनको विरुद्धमा विद्यार्थी आन्दोलन चर्कियो । उनी पनि त्यही आन्दोलनमा सहभागि बने । आन्दोलनमा सहभागि भएको भन्दै तत्कालिन पञ्चायती शासकहरुले उनका धेरै साथीहरुलाई कारवाही गरे । उनलाई पनि कारवाही गर्ने तयारी गरिएको थियो । तर उनी त्यहाँबाट भागेर सुर्खेतको हर्रेभन्दा उता पुगे ।

त्यतिबेला गाईभंैसी गोठमा लिइन्थ्यो । उनी त्यतै बसेर गाईभैंसीलाई घाँस काट्ने, गोवर फाल्ने लगायतका काम गरेर बसे । दुई बर्षसम्म त्यही बसेका उनको पढाइ भने रोकियो । उनले आफ्नो पढाइलाई निरन्तरता दिने त सोच बनाएका थिए । तर कारवाहीमा परिने डरले भंैसी पालेर त्यही बसे ।

अनि पढाइलाई निरन्तरता
देशमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन सकियो । ढकालले फेरि पढाइलाई नै निरन्तरता दिने निर्णय गरे । उनले दशरथपुरको जीवनज्योती माविमा ९ कक्षाबाट फेरि पढाइलाई निरन्तरता दिए । त्यही माविबाट विस २०४२ सालमा ढकालले एसएलसी पास गरे । निम्न परिवारमा जन्मिएका उनले घरको काम गरेर पढ्ने गर्थे । उनले सानो कक्षा पढ्दा पनि घरको सबै काम गरेर विद्यालय जान्थे । सानैदेखि उनले धेरै दुख गरेर पढाइमा ध्यान दिन्थे भने सामाजिक काममा पनि उत्तिकै महत्व दिन्थे ।

स्थायी शिक्षक बने
२०४२ सालमा एसएलसी पास भएपछि उनलाई अस्थायी शिक्षकको रुपमा सुर्यज्योती प्रावि हर्रेमा अस्थायी शिक्षकमा नियुक्त गरियो । उनले त्यतिबेला पनि बहुदलीय व्यवस्थाको वकालत गरिरहन्थे । २०४५ सालमा उनी त्यही प्राविमा स्थायी शिक्षक बने । शुरुमा उनलाई तत्कालिन पञ्चायती शासकहरुले बहुदलबादी भन्दै नियुक्त नै हुन नदिने रणनीति बनाएका थिए ।


६ बर्षसम्म त्यही प्राविमा जागिर गरेका उनले पढाउँदै आफ् नो पढाइलाई निरन्तरता दिए । २०४८ सालमा शिक्षा क्याम्पस सुर्खेतबाट आईएड गरेका उनले बिचमा विभिन्न जिम्मेवारी र उतारचढावका कारण केही बर्ष ढिलो गरी २०६० सालमा विएड गरे । घरमा पशुपालन र कृषि नै मुख्य पेशा थियो । बिहानबेलुकी तरकारी खेती गर्दै आफ्नो शिक्षण पेशा गरेर पढेका उनी मेहेनती, इमान्दार, संघर्षशील थिए ।

व्यापारमा पनि सफलता
आफ्नो मुख्य पेशा शिक्षणसँगै उनले छिन्चुमा स्टेशनरी पसल पनि शुरु गरे । त्यो पसलबाट उनले नोक्सानी भोगे । त्यसपछि उनले हार्डवयर पसल शुरु गरे । हार्डवयर पसलबाट उनले राम्रै आम्दानी गर्न थाले । घरका सबै परिवारलाई व्यस्त राखे । कसैलाई कृषि पशुपालनमा त कसैलाई व्यपारमा । सँगै आफुले पनि सबैतिर काम गरे । अहिले उक्त हार्डवयर पसल चलाउने जिम्मेवारी आफ्नो छोरालाई दिएर उनी विभिन्न सामाजिक कार्यमा लाग्न थालेका छन् ।

आत्मनिर्भर बनाउन सहकारी स्थापना
उनी सानैदेखि विद्रोही स्वभावका थिए । ठुलोले सानालाई हेपेको, कृषकलाई हेप्ने कामको मात्र होइन, असमानताको विरोध गर्थे । उनले समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर सोच्थे । त्यसबेला एउटा गैरसरकारी संस्थाले दैलेखमा काम गथ्र्यो । उक्त संस्थाले मानिसलाई आत्मनिर्भर र स्वाबलम्बी बनाउन काम गरेको उनले थाहा पाए । त्यही संस्थासँग उनले छिन्चुमा पनि काम समाजमा बर्ग छ । अर्थात समाजमा हुनेखाने र हुँदा मात्र खानेहरु छन् ।

आर्थिक अभावमा गरिबहरु कमजोर बन्दै गएका छन् भने धनीहरु स्रोतमा कब्जा जमाउँदै थप धनी बन्दै गएका छन् । त्यसपछि छिन्चुमा विभिन्न समुह निर्माण गरेर आत्मनिर्भरता र स्वाम्लम्बन सम्बन्धिका कामको थालनी गरियो । गाउँमा बनाइएका ती समुहलाई एकिकृत गरेर सहकारीको रुपमा रुपान्तरण गर्ने निर्णय ढकालकै पहलमा भयो । २०५५ सालमा गंगामाला स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था स्थापना भयो । उनी संस्थापक अध्यक्ष बनेर काम गरे ।

३१ जनाबाट शुरु भएको सहकारीमा ५ रुपैयाँ बचत गर्ने गरिन्थ्यो । अहिले आठ हजार शेयर सदस्य छन् । ४२ करोडको बार्षिक कारोबार हुने गर्दछ । हाल ५ वटा कार्यालय र ३८ जना कर्मचारीहरुले परोजगारी पाएका छन् । सदस्यलाई सस्तो व्याजमा रकम उपलब्ध गराएर उद्यमी बनाइएको छ । अर्कोतर्फ विद्यार्थीहरुका लागि छात्रावृत्ति, उत्कृष्ट समुह र राम्रो व्यवसायीलाई पनि पुरस्कृत गर्ने कामसँगै जेष्ठ सदस्य, ६० बर्ष पुगेका एकल महिला, अपांगता भत्ता दिने गरिएको छ ।

जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका ढकालले काम गर्दा लगनशिल भएर गर्छन् । सबै क्षेत्रमा काम गर्दा उनले धेरै संघर्ष गर्नुपर्यो । घरको काम गर्दै पढाइलाई निरन्तरता दिए । काम गर्दै र पढ्दै गर्दा धेरै संघर्ष गर्नुपर्यो । अर्कोतर्फ पञ्चायती व्यवस्थाको विरोध गर्दा आफ्ना पढाई नै रोक्नुपर्यो । धनीहरुबाट गरिबहरु पीडित बनेको देख्दा उनले विरोध गर्थे । तर उनले उल्टै पीडा भोग्नुपथ्र्यो । धेरै दुखका बिच उनले आफ्नो संघर्षलाई निरन्तरता दिँदै सफल भए । सहकारीले गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

अबको योजना
उनी सहकारीसँगै राजनीतिमा पनि सक्रिय छन् । हाल नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सचिवालय सदस्य रहेका उनीे नेपाल बचत तथा ऋण सहकारी संघको केन्द्रीय सदस्य छन् । उनको अबको योजना भनेको निम्नवर्गका जनताको जीनस्तर उकास्ने हो । जुनसुकै क्षेत्रबाट पनि उनले समाजसेवा गर्ने योजना बनाएका छन् ।



ताजा समाचार