ताजा खबर
  

गरिव प्रदेशका धनी मुख्यमन्त्री, काठमाडौंमा घर–कार, सुनदेखि नगदसम्म

सुर्खेत, ११ माघ ।
कर्णालीका मुख्य मन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत कार्तिक १६ गते शाही कर्णालीको मुख्यमन्त्रीको पदमा नियुक्त भएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा उक्त विवरण सार्वजनिक गरिएको हो । ‘मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता–२०७४’ बमोजिम उक्त सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

जसमा मुख्यमन्त्री शाहीको नामका ५६ तोला सुन रहेको देखाइएको छ । उनले उक्त सुन उनले पुर्ख्यौली सम्पत्ति, व्यापार–व्यवसाय तथा जागिरबाट प्राप्त भएको उल्लेख गरेका छन् । त्यस्तै, मुख्यमन्त्री शाहीसँग दुई किलो चाँदी, रूप औँठी, नवरत्न रहेको उल्लेख छ । यसको मूल्य तीन लाख रहेको विवरण देखाइएको छ । यो सम्पत्ति मुख्यमन्त्रीले आफूले जागिरबाट प्राप्त गरेको बताएका छन् ।

शाहीले आफ्नै नाममा रहेको हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग मिटर, काठमाडौँ महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफलमा आफैँले व्यापार–व्यवसाय गरेर घर निर्माण गरेको बताएका छन् । त्यस्तै, उनकी श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जग्गा रहेको विवरणमा उल्लेख छ ।

पाँच स्थानमा लाखौँको जग्गा
मुख्यमन्त्री शाहीले आफ्नो र श्रीमती वसन्ती शाहीको नाममा गरी तीन जिल्लाका पाँच स्थानमा जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् । जसमा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा मुख्यमन्त्री शाहीको नाममा २०० रोपनी र १५ रोपनी पुर्ख्यौली जग्गा र बाँके जिल्लाको खजुरामा २ बिघा (करिब १० लाख बराबरको) जग्गा पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् ।


त्यस्तै, शाहीकै नाममा बाँके जिल्लाकै नेपालगञ्ज–१ मा करिब पाँच लाख बराबरको जग्गा (जागिर तथा व्यापार व्यवसायबाट खरिद गरेको) रहेको बताएका छन् भने वसन्ती शाहीको नाममा काठमाडौँको चन्द्रागिरी–६ मा २४ लाख बराबरको (जागिर तथा व्यापार व्यवसायबाट खरिद गरिएको) जग्गा रहेको विवरण उल्लेख गरेका छन् ।

त्यस्तै, मुख्यमन्त्री शाहीले सिटिजन्स, सानीमा, एनआइसी र शुभचिन्तक बैंकमा पारिश्रमिक आउने र बचत गर्ने खाता रहेको उल्लेख गरेका छन् भने श्रीमतीको नाममा तीनवटटा बैंक (शुभचिन्तक, सिटिजन्स र एसआइबी) मा खाता रहेको र उक्त खातामा जागिर तथा व्यवसाय र जग्गा बिक्री गरेको पैसा जम्मा गर्ने गरिएको उल्लेख गरेका छ । शाहीले तीनवटा संस्थामा सेयर लगानी गरेका छन् भने दुईवटा बैंक र इमोटल खड्काबाट गरी एक करोड ५० लाख बढी किस्ताबन्दीमा तिर्ने गरी ऋण लिएको विवरणमा उल्लेख गरेका छन् ।

९५ लाखको कार, ५० वटा भेडाबाख्रा
मुख्यमन्त्री शाहीले आफ्नो नाममा एउटा ९५ लाखको कार रहेको बताएका छन् । उनले उक्त कार २०७१ सालमा जागिर र व्यवसायबाट खरिद गरेको विवरणमा उल्लेख गरेका छन् । मुख्यमन्त्री शाहीको कृषि तथा पशुधनमा भने चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा २ वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्रफलमा जग्गा रहेको विवरणमा उल्लेख छ ।

मुख्यमन्त्रीको सम्पत्ति विवरण



ताजा समाचार