कर्मचारी संगठनको अध्यक्षमा रावल

सुर्खेत, ७ माघ ।
नेकपा एकीकृत समाजवादी पार्टी निकट निजामती कर्मचारीहरुको जिल्ला भेला शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठन (पेशागत महासंघसंग आवद्ध निजामती कर्मचारीहरु आवद्ध राष्ट्रिय स्तरको टे«ेड युनियन) को भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।

भेलाले तेजेन्द्र रावलको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । सहसंयोजकमा मन्द्रा सुनार, सचिवमा रण बहादुर गरंजा, सहसचिवमा थिर कुमार न्यौपाने, कोषाध्यक्षमा कृष्ण विक चयन भएका छन् ।

सदस्यहरुमा धर्मराज बडुवाल, सम्झना मगराती, भोजराज अर्याल, विजयकुमार चौधरी, रमानन्द न्यौपाने, मकरनाथ योगी, गोविन्द प्रसाद खनाल, चक्र बहादुर आले मगर, भिम बहादुर रावल, पदम बुढा चयन भएका छन् । केन्द्रीय भेला प्रतिनिधिमा जंग बहादुर मगराती, सेर बहादुर रोकाय, राज बहादुर रोकाय, दशरथ पाण्डे, कलम महतरा, गोरख बहादुर बुढा, इश्वर रावल छनौंट हुनुभएको छ ।

तपाईको प्रतिक्रिया