कर्णालीमा विकासको अवसर

राजन रावत
देशकै ठूलो भूभाग ओगटेको कर्णाली प्रदेशको कर्णाली क्षेत्रको विकास र त्यहाँको गरिबी न्यूनीकरण गर्न राज्यद्वारा सञ्चालन हुुने विकास योजना समयमा सम्पन्न हुन नसक्नु नै मूल समस्या हो । त्यसो त योजना तर्जुमा गर्न भूगोलको विज्ञता आवश्यक हुन्छ । स्थानीय सेवाग्राहीसंँगको अन्तरसंवादबाट बनाएको योजना बढी प्रभावकारी हुन्छ । सही नीति र त्यसलाई कार्यान्वयन गर्ने योजना निर्माण गर्ने हो भने कर्णालीलाई छोटै समयमा पनि कायापलट गर्न सकिन्छ भन्ने धेरैको भनाइ छ तर अहिलेको जस्तो प्रक्रियाबाट विकास गर्ने हो भने कर्णालीको विकास बालुवामा पानी हुन्छ । साधन र स्रोत खेर जान्छ तर कर्णालीको विकास जस्ताको जस्तै हुन्छ ।काठमाडाँैबाट निकै टाढा रहेको कर्णालीलाई राज्यको नीति निर्माण गर्ने तहका मानिससँग कुरा हुँदा बेग्लै भनाइ आउँछ ।

भोकमरी, स्वास्थ्य सेवाबाट वञ्चित, फोहोर, कम पढेलेखेका मानिस मात्र बस्ने ठाँउका रूपमा चिन्छन् उनीहरू । कतिपयले दुुर्गम र भौगोलिक रूपमा विकट ठाँउका रूपमा सोच्ने गरेको पाइन्छ । यसमा केही कुरामा मात्र सत्य होला तर कर्णालीमा चुनौती मात्र होइन, सम्भवनासमेत छन् । कर्णालीका बारेमा अधिकांश कुरा बनावटी वा सुनेका भरमा बोलिएका छन् । यद्यपि जो व्यक्ति कर्णालीमा पुुग्छ, उसले नसोचेको कुरा रहेछ भन्दै जिब्रो टोक्न थाल्छ । देशकै ठूलो भूभाग ओगटेको यो क्षेत्रमा जनसङ्ख्या पनि भूगोलअनुुसार कम छ । यसकारण पनि कर्णाली नदेखेका व्यक्तिले तय गरेका रणनीति र त्यसलाई कार्यान्वयन गर्ने योजना तर्जुमा प्रक्रियाले कर्णालीको गरिबी न्यूनीकरण गर्न कसरी सफलता पाउँछ ? किनभने अहिले भइरहेको कर्णालीको विकासले वास्तवमै समुुन्नत कर्णाली बनाउने न त उद्देश्य लिएको देखिन्छ, न त रणनीति नै । त्यो छ भने केवल झारो टार्ने मानसिकताबाट प्रेरित छ ।

कर्णालीसँंग आफ्नो मात्र होइन, देशलाई समृद्ध बनाउने प्राकृतिक स्रोत र साधन छन् । राज्यले उपयोग गर्ने खालका कार्यक्रम नल्याउँदासम्म केही हुुने देखिँदैन । पहिलेको कर्णाली र अहिलेको कर्णालीमा निकै भिन्नता छ । दुुनियाँमा समयअनुुसार परिवर्तन हुुँदै गएको छ तर कर्णालीमा विकास त्यसअनुसार भएको पाइँदैन । उन्नत खेती प्रणालीका लागि दक्ष र मेहनती जनशक्तिको आवश्यकता पर्छ । जनशक्ति विस्थापित हुँदै जाँदा यहाँका खेतीयोग्य जमिनबाट उत्पादन कम हुुँदै गएको छ । कतिपयले खेती गरे पनि पुुरानै तरिकाबाट खेतीपाती हुुँदै आएको छ । अझ भनौँ, खेतीप्रति मानिसको एक प्रकारले वितृष्णा जागेको देखिन्छ । यता खानेकुुरामा बानी परिवर्तन हुुनुु पनि पछिल्लो समय अति आवश्यक देखिएको छ । खानेबानीले गर्दा कर्णालीवासीलाई परनिर्भर तुुल्याउँदै गरिबीतिर धकेल्दै छ ।

स्थानीय अन्नपात प्रतिस्थापन हुुने अवस्था छ । यहाँ सबल पक्ष के थियो भन्दा उत्पादनका हिसाबले पनि कर्णालीको खेतीयोग्य जमिनबाट पौष्टिक तìवले युुक्त चिनो, मार्सी धान, फापर, कोदो, जौ, उवा, गहुुँ, कागुनो, सिमी, आलुुको उत्पादन राम्रो हुुन्छ ? तर यसको प्रयोग गर्ने मानिस कम छन् । सबै सरकारको ढुवानी अनुुदानको चामलप्रति निर्भर हँुुदै आएका छन् । जसमा पौष्टिक तìव कम हुुन्छ र यसको प्रयोग बढी गर्नाले मानिस त्यतिकै रोगी हुँदै जान्छ । कर्णालीका लागि विनियोजित बजेटको ६० प्रतिशत रकम ढुवानीमा खर्च हुुन्छ । यो पनि अर्को ठूलो समस्या छ । यसले पनि कर्णालीमा गरिबी बढाउन मद्दत पुु¥याएको छ । बजेट धेरै विनियोजन हुने तर वास्तविक बजेट पुुग्नुपर्ने ठाँउमा धेरै कम मात्रामा पुुग्ने गर्छ । अझ यसलाई कर्णालीको बजेट सबै विमान सेवालाई भन्दा अतियुुक्ति नहोला ।

अर्को कर्णालीका स्थानीयवासी हवाई यातायातमा निर्भर रहँदा दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा तथा विकास निर्माणका सामग्रीको पनि आकाशिँदो मूल्य छ । यो समस्या माथिल्लो हुम्ला, मुुगुुको चरन क्षेत्र र डोल्पाको उपल्लो डोल्पामा पनि उस्तै छ । अबका विकासका लागि व्यावसायिकता आवश्यक हुन्छ । कुुनै व्यवसायको व्यावसायिकता नै सुुरु भएको छैन । सडक यातायात जोडिएपछि जुुम्लामा केही कुरामा व्यावसायिक रूप लिन थालिएको भए पनि अन्य चार जिल्लामा यसको सुुरुवात भएको छैन । सम्भावना प्रशस्त भए पनि मानिसमा व्यवसाय सञ्चालन गर्दा के हुुन्छ भन्ने चेतनाको विकास भएको छैन । अहिलेको कर्णालीको समस्या समाधान गर्न राज्यले कतिपय मूलभूत कुरामा मात्र ध्यान दिए पनि कर्णाली अगाडि बढ्ने मार्ग प्रशस्त हुुन्छ । यति मात्र होइन, हुुम्लामा भएका अथाह प्राकृतिक साधनको उपयोग गर्न सके कर्णालीले विकासको गति लिन्छ । कर्णालीको विकास भए केन्द्र सरकारले समेत लाभ लिन सक्ने अवस्था छ ।


कर्णालीसँग साधन र स्रोत छ । जलस्रोत, जडीबुुटी, फलफूल, पर्यटनको विकासबाट हुुने फाइदा त सबैले बताउँदै आएको विषय हो । यसभन्दा पनि बाहिर प्रचारमा नआएको तर सम्भावना बढी भएका उत्पादन पनि धेरै छन् । कर्णाली क्षेत्रभरि हुुने ढँटेलो फलको खासै उपयोग गरिएको पाइँदैन । यस फलको विशुुद्ध अर्गानिक तेल निकाल्न सकिन्छ । केही मात्रामा यसलाई प्रयोगमा ल्याएर स्थानीय जनताले तेल प्रयोग गर्ने गरेको भए पनि जति मात्रामा यो फल उत्पादन हुुन्छ, त्यसको प्रयोग गरिएको पाइँदैन ।कर्णालीभरि ठूलो मात्रामा यसबाट तेल उत्पादन गर्न सकिन्छ । यसको पाललाई डाँले घाँसका रूपमा प्रयोग हुुने गरेको छ तर त्यसै खेर गइरहेको छ । यो राष्ट्रिय वन, कबुुलियती वन तथा खेतबारीमा पनि फल्ने गरेको छ । यसको तेलबाट सौन्दर्यका सामान बनाउन सकिनेछ ।

यसलाई व्यावसायिक रूपमा खेती गरेमा स्वरोजगारी सिर्जना गर्न सकिन्छ । भर्खर केही मात्रामा भए पनि यसको बाहिर निकासी हुुन थालेको छ । त्यस्तै अर्को चुली हो । यो एक प्रकारको फल हो– असार महिनामा पाक्ने, यो फल पनि कर्णालीमा मात्र पाइन्छ । यो पनि ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ । केहीबाहेक अन्य सबै खेर गइरहेको छ । यसको बाहिरको फल खाने तथा भित्रको गुुदीबाट तेल निस्कन्छ । यसलाई डाँले घाँस तथा दाउराका रूपमा पनि प्रयोग गर्न सकिन्छ । हाल त्यो तेललाई स्थानीयले केही मात्रामा दैनिक खाने तेलका रूपमा प्रयोगमा ल्याउन गरेको भए पनि यसबाट पनि सौन्दर्यका सामान निर्माण सुुरु भएको छ । यसको तेल प्रयोग गरी बनेका क्रिमबाट अनुहार निकै उज्वल बनाउने गरेको पाइन्छ । यसबाट मुुख धुुने साबुन पनि बन्ने गरेको छ ।

जसलाई विदेशमा समेत निर्यात गर्न सकिन्छ । कर्णालीभरि उत्पादन हुुने भएकाले यसलाई व्यावसायिक खेती गरेर स्वरोजगारी सिर्जना गर्न सकिन्छ । फल फल्ने त अनुपम भूमि हो– कर्णाली । आरू प्रजातिको फल चुली हो तर यसको फल आरू जत्रो ठूलो नभएर सानो हुुन्छ । स्वाद पनि अमिलो हुुन्छ । यो पनि कर्णाली क्षेत्रमा मात्र फल्ने फल हो । जुुन बहुुउपयोगी रहेको छ । अहिले कर्णालीमा यसको तेललाई दैनिक खाने तेल तथा शरीरको मालिसका रूपमा प्रयोग गर्ने गरिन्छ । उच्च हिमाली क्षेत्रमा पाइने यो फल पनि हुुम्ला, मुुगुु तथा डोल्पा जिल्लामा धेरै हुुने गरेको छ । यो पनि हाल यसको तेल पनि केही मात्रामा जिल्लाबाहिर निकासी हुुन थालेको छ । यसको सम्भावना पनि धेरै छ ।कर्णाली क्षेत्रमा उत्पादनको सम्भावना भएको अर्को ओखर हो ।

हाल जति फलेको छ, त्यसलाई स्थानीयले रहरले मात्र फलाउने गरेका छन् । यसको व्यावसायिक रूपमा खेती गर्न सके भविष्य राम्रो देखिएको छ । माथिका यी फलफूल हुुन् भने अर्को अन्नपात पनि निकै छन् । जो स्वास्थ्यका लागि निकै पौष्टिक महìव राख्ने गर्छन् । जसमा फापर, चिनो, कागुुनो, कोदो, जौ, उवा छन् । यसको उत्पादन पनि निकै हुुन्छ । यसबाट पनि निकै फाइदा लिन सक्ने सम्भावना छ । त्यस्तै सिमी, मह पनि कर्णालीमा राम्रो उत्पादन हुुने गर्छ । यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न सके कर्णालीको गरिबी घटाउन निकै सहयोगी हुुने देखिन्छ ।व्यापक पूर्वाधारका लागि केन्द्र सरकारले कर्णालीमा ठूलो लगानी गर्नु जरुरी छ ।

केन्द्र सरकारले गर्ने लगानी एक पटकका लागि हो । कम्तीमा दस वर्षका लागि केन्द्र सरकारले सडक पूर्वाधार, जलविद्युत्, स्वास्थ्य र शिक्षा आदिमा व्यापक लगानी गर्नु आवश्यक हुन्छ । त्यस्तो लगानीले कर्णालीमा रोजगारी सिर्जना गर्न सहयोग पुग्छ । गरिबी निवारणमा सहयोग पुग्छ । त्यो लगानीपछि कर्णालीले आफ्नो प्रदेशका लागि राजस्व सङ्कलन गर्न सक्छ । कर्णाली स्वनिर्भर हुनसक्छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार