ताजा खबर
  

सिम्ताको चिउरीबगरमा पुल, बत्ती, खानेपानीसँगै विद्यालय निर्माण

दुर्गा विसी
सिम्ता, ४ माघ ।
सुर्खेत सिम्ता गाउँपालिकाको वडा ७ चिउरीबगरमा विद्यालय भवन शिलान्याससँगै खानेपानी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश संसद ठम्मर विष्ट र सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले संयुक्त रूपमा एक योजनाको शिलान्यास र अर्को थप सम्पन्न योजनाको उद्घाटन गरेका थिए ।

सिम्ता गाउपालिका वड नं. ७ को चिउरीबगरमा रहेको श्री ज्ञनज्योती प्राथमिक बिद्यालयको ३ कोठे पक्की भवनको शिलान्यास गरिएको थियोे । भवन नहुँदा विद्यार्थीको बसाईमा निकै सकस भएको गुनासो स्थानीयले गरेपछि भवनको लागि योजना पार्ने काम विष्टले गरेका थिए । खानेपानीसँगै विद्यालयमा बन्ने भएपछि चिउरी वगरबासी खुशी बनेका थिए । सिम्ता गाउँपालिका स्थापना पश्चात् निकै दुर्गम मानिएको चिउरीबगर हाल सुगममा गणना हुन्छ ।

छिन्चु–जाजरकोट सडक नजिकै भए पनि भेरी वारपार गर्न निकै समस्या थियोे । स्थानीय सरकारको पहलमा संघीय सरकारले झुलुङ्गे पुल पाएपछि स्थानीय निकै खुशी बनेका थिए । त्यहाँका स्थानीयको पहिलो माग झुलुङ्गे पुलको थियोे । पुलसँगै बत्ती, खानेपानीले पुर्णता पाएपछि हाल जिर्ण विद्यालय पनि नयाँ बन्ने भएको छ । मतदाताका सकेसम्म धेरै कुरा पूरा गरेको छु,उहाँहरुले जेजे भन्नू भएको थियोे मैले त्यहि पु¥याउने काम गरिरहेको छु ।


गाउँपालिकाबाट सम्भाव हुने काम यहीँबाट गरेको छु । यहाँबाट असम्भव काम प्रदेश र संघ सरकारलाई घचघच्याइ चिउरीबगरबासीका धेरै दैनिकी आवश्यक मागहरु पूरा गरिरहेको केसीको भनाई रहेको थियोे । कार्यक्रम नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बिष्टको प्रमुख आथित्यता, सिम्ता गाउँपालिकाका अध्यक्ष केसीको विशेष आतिथ्यतामा भएको कार्यक्रम विभिन्न राजनितीक दलका नेता प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियोे ।

२५ लाख लागतमा विद्यालयको ३ कोठे पक्कि भवन बन्ने भएको छ । साथै सोही कार्यक्रम गाउँमा खानेपानी आयोजना समेत निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश संसद विष्ट र गाउँपालिका अध्यक्ष केसीको आपसि समन्वय तथा सहकार्यले सार्थकता पाउँदै सिम्ताको विकास निर्माण कार्य दुर्तगतिमा अघि बढिरहेको छ । यो ५ वर्ष कार्यकालमा चिउरीबगरमा ३ महत्वपूर्ण काम भएका छन् । पुल, बत्ती, खानेपानी र विद्यालयको भौतिक पुर्वाधार निर्माण कार्य सुरु भएको हुन ।



ताजा समाचार