ट्याक्टर पल्टिँदा २ घाइते

दुर्गा विसी
सल्यान , ४ माघ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा ७ लेखसँग्रहीमा ट्याक्टर दुर्घटना परेको छ । ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सल्लीबजारदेखि पाखापानी जाँदै गरेको लु ३ त १०२४ नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटना हुदा चालक सल्यान सिद्धेश्वरी गाउँपालिका ५ का वर्ष ५४ का लोक बहादुर यरी र सह सह चालक सल्यान बनगाड कुपिण्डे नगरपालिका ६ का वर्ष १८ वर्षीय मानबहादुर परियार घाइते भएका छन् । यरिको टाउको र परियारको छातिमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते दुबैको नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । जोखिमपुर्ण सडकका कारण ट्याक्टर पल्टिएको वताएको छ । उक्त सडक निकै जोखिम रहेको छ । सडक सुधारका नाममा झन सडक बिग्रेकाले सवारीसाधन आवागमनमा निकै कठिनाई हुने गरेको छ ।

तपाईको प्रतिक्रिया