एमाले सुर्खेतमा कँडेल भर्सेज रावत समर्थक चुनावी मैदानमा

सुर्खेत, २७ पौष ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आठांै जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन प्रयास असफल भएको छ । यही पौष २३ गतेदेखि वीरेन्द्रनगरको सिटी हल (सभा गृह) मा सुरु भएको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सकेन ।

सर्वसम्मत नेतृत्व चयन गर्नका लागि एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नवराज रावतले अधिवेशनको बन्दसत्रमा पेश गरेको प्रस्तावमा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले अस्विकार गरेपछि निर्वाचनको प्रक्रिया सुरु भएको हो ।

जिल्ला इन्चार्ज रावतले अध्यक्ष मण्डलको तर्फबाट सर्वसम्मत अध्यक्षको रुपमा अमृत बहादुर विसी, उपाध्यक्ष कुलमणी देवकोटा र सचिवमा डण्डी प्रसाद शर्मालाई प्रस्ताव गरेका थिए उक्त प्रस्तावमा प्रदेश इन्चार्ज कँडेलले सचिवमा डण्डी प्रसाद शर्मालाई अस्वीकार गरेपछि निर्वाचनको वातावरण बनेको हो । पार्टी नेतृत्वबाट संधै पेलान र अस्वीकार हुँदै गएपछि शर्मा निर्वाचनमा जाने मुडमा देखिएका हुन ।

सर्वसम्मत जिल्ला कमिटीको प्रस्तावमा छलफल हुँदै गर्दा निवर्तमान अध्यक्ष धु्रव कुमार शाहीलाई पुनः दोहो¥याउनुपर्ने केही आवाज उठाएर सर्वसम्मतको प्रयास असफल बनाइएको थियो । शाहीकै नेतृत्वमा चुनावमा जानुपर्ने छलफल चलेको थियो । अध्यक्ष उम्मेदवार अमृत बहादुर विसीले आफ्ना लागि यो अन्तिम अवसर भएको र कुनैपनि हालतमा नछोड्ने बताएपछि निवर्तमान अध्यक्ष शाही पछि हटेका थिए ।

एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज कँडेल र निवर्तमान जिल्ला अध्यक्ष धु्रव कुमार शाहीले अध्यक्षका उम्मेदवार अमृत बहादुर विसीलाई अगाडी सारेका छन् भने एमाले केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज नवराज रावतले अध्यक्ष पदका उम्मेदवार डण्डी प्रसाद शर्मालाई अगाडी सारेका छन् । एमाले नेता कँडेल र रावतले आ–आफ्नो टीम बनाएर चुनावी मैदानमा उम्मेदवारहरु उतारेका छन् ।

एमाले जिल्ला नेतृत्व छनौंटले आउँदै गरेका स्थानीय तह, प्रदेश र केन्द्रका तीन वटै निर्वाचनमा टिकट वितरण प्रभावित हुने भएपछि एमाले नेता कँडेल र रावतले आफ्नो प्रतिष्ठासंग जोडर जिल्ला नेतृत्वमा आफ्नो टिमालई बिजयी गराउन निर्वाचनमा केन्द्रीत भएका छन् ।

एमाले नेता कँडेलको समर्थनबाट अध्यक्ष पदमा अमृत बहादुर विसी, उपाध्यक्ष पदमा कुलमणी देवकोटा, सचिव पदमा कविन्द्र कुमार केसी, सहसचिव पदमा घनश्याम पाण्डे र बल बहादुर नेपालीले उम्मेदवारी दिएका छन् । अर्का एमाले नेता नवराज रावतको समर्थनबाट अध्यक्षमा डण्डी प्रसाद शर्मा, उपाध्यक्षमा ऋषि गिरी, सचिवमा रेशम रानामगर, उपसचिवमा टीकाराम सुवेदी र नेत्रलाल महतराको उम्मेदवारी परेको छ ।

एमाले केन्द्रीय सदस्य एवंम वीरेन्द्रनगर उपप्रमुख मोहनमाया ढकालको भूमिका भने तटष्थ देखिएको छ । आउँदै गरेको स्थानीय तहको निर्वाचन, संसदीय निर्वाचनमा उम्मेदवार छनौट गर्दा जिल्ला नेतृत्वको भूमिका महत्वपूर्ण हुने भएपछि एमाले केन्द्रीय सदस्य ढकाल नखुलेर जुन पक्षलाई सहयोग गरेपनि नतिजा निकाल्ने गरी भित्रभित्रै गर्ने देखिएको छ ।

उपत्यकाबाट सबै भन्दा धेरै प्रतिनिधी र उपत्यकानै निर्णायक भएको हुँदा एमाले नेता ढकाल, बालाराम शर्मा, डम्मर तिवारी, हरिहरनाथ योगी, पूर्ण प्रसाद पौडेलको समूहले जुन पक्षलाई सहयोग गर्छ उही नेतृत्वमा विजयी हुने देखिएको छ ।

एमाले सुर्खेतको नेतृत्व विगतदेखि उपत्यका बाहिर जाने गरेको बिगत इतिहाँस छ । लामो समय सुर्खेत पूर्वका ऋषि प्रसाद शर्माको नेतृत्वमा रहेको एमाले सुर्खेत छैठौं जिल्ला अधिवेशनबाट पश्चिमबाट प्रतिनिधित्व गर्ने नवराज रावतको हातमा पुगेको थियो । सातौं जिल्ला अधिवेशनबाट पुनः पूर्वका धु्रव कुमार शाही विजयी भएका थिए ।

यस पटक पूर्वकै डण्डी प्रसाद शर्मा र उपत्यका भ्यालीका अमृत बहादुर विसीका विचमा प्रतिस्पर्धा हुँदैछ । सुर्खेत पूर्वको झुप्रा खोलापारी र पश्चिममा सोतखोला पारीका सबै प्रतिनिधी एक भएर सुर्खेत भ्यालीको नेतृत्वलाई देखाई दिने प्रचलन विगतदेखिकै हो ।

एमाले सुर्खेतमा शर्मा परिवारको ‘कमब्याक

तपाईको प्रतिक्रिया