शिव गोरखनाथ बाबाको मन्दिर सिलान्यास

सुर्खेत, २३ पौष ।
वीरेन्द्रनगर–१०, नयाँ घुस्रामा श्री गौरवनाथ बाबाको मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमवीच बागेश्वरी मन्दिरका मठाधिस (राष्ट्र गुरु) चन्द्रनाथ योगी र जग्गादाता बालानाथ योगीले बैद्धिक विधि अनुसार जगमा पुजापाठ गरी शिलान्यास गरिएको छ ।

मन्दिर निर्माणका लागि जग्गादाता बालानाथ योगीले आफ्नो भोगचलन गर्दै आएको निजी २ कठ्ठा जग्गा र बाटो निर्माण, सुधार गर्नका लागि ६ लाखको जग्गा खरिद गरी मन्दिरलाई हस्तान्तरण गर्नुभएको छ । मन्दिर निर्माणका लागि कर्णाली प्रदेशको वन तथा पर्यटन मन्त्रालयले २० लाख बजेट छुट्टयाएको छ ।

शिवभक्त तथा साँस्कृतिक लेखक ललितनाथ योगीले मन्दिर निर्माणका लागि नगद ५ हजार ५ सय २५ रुपैयाँ नगद सहयोग गर्नुभएको थियो भने राजनितीकर्मी बसन्त थापाले गोप्य रुपमा मन्दिर निर्माणमा दान दिनुभएको थियो । कार्यक्रम निर्माण समितिका अध्यक्ष भुपेन्द्रनाथ योगीले बाबाको मन्दिर निर्माण गर्न निःस्वार्थ आफ्नो लगानी लगाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

बागेश्वरी मन्दिरका महन्तले मन शान्त गराउने स्थल मन्दिर भएको बताउँदै कर्णाली प्रदेशमा यस्ता थला, कोट, चुली अनेकौं विविधता रहेकोले त्यसमा आस्था विसाउने मन्दिर, संग्रहालय, भ्यू टावर, पर्यटकीय स्थल, व्यक्ति–राज्य तिनै तहका सरकारले योजनावद्ध तरिकाले निर्माण गरे धेरै आयस्रोत भएर आत्मनिर्भर हुन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया