जनहितकारी सहकारीबाट जेष्ठ सदस्य सम्मान

सुर्खेत, १७ पौष ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्खेतको २३ औं स्थापना दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिवार, जेष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खानालले पानासमा दिप प्रज्वलन गरी समुद्धघाटन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका जेष्ठ सदस्य सहयोग उपसमिती संयोजक राधा कार्कीको सभाध्यक्षता, संस्थाका अध्यक्ष हरिहरनाथ योगीको विशेष आतिथ्यता, संस्थाका कोषध्यक्ष नवराज कंडेल, उपसमिती सदस्यद्धय अग्नी प्रसाद कंडेंल र दिर्घदेव गिरी, महिला उपसमिती सदस्यद्धय कल्पना योगी र रत्ना अधिकारी, प्रबन्धक हिमलाल गौतम लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका सेवा केन्द्र प्रमुख मित्रेन्द्रनाथ योगीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अतिथि एवं संस्थाका कोषाध्यक्ष नवराज कडेलले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रमुख अतिथि रहनुभएका वडा नं.४ का वडा अध्यक्ष निलकण्ठ खनालले विगतका वर्षहरुमा झै जनहितकारी संस्थाले आफ्ना ७० वर्ष पुरा हुनुभएका जेष्ठ शेयर सदस्य ज्यूहरुलाई प्रत्येक वर्ष विभिन्न तरिकाले सम्मान कार्यक्रमलाई निरन्तरता दिएकोमा खुशी ब्यक्त गर्दै उहाँहररु हाम्रा अभिभावक हो उहाँहरुको सुस्वास्थ्य र दिर्घायूको चासो लिनु भनेको सम्मान मात्र नभएर संरक्षणमा टेवा दिनु रहेको भन्दै कार्यक्रमको शुभकामनाका साथै यस मानविय उपकार गरेकोमा जनहितकारी संस्था प्रति आभार ब्यक्त गर्नुभएको थियो ।


विशेष अतिथिका रुपमा रहनुभएका राष्ट्रिय सहकारी बैकका सञ्चालक एवं अध्यक्ष हरिहरनाथ योगीले “जनहितकारी ले आफ्नो स्थापनाकाल देखि नै संस्थाले यो सम्मान कार्यक्रमलाई नियमित गरेको र वृद्धि आमावुवा लाई केहि हद सम्म राहात मिलिरहेको महशुुस भएको” बताउनु भयो । मन्तव्यका क्रममा अध्यक्ष योगीले जनहितकारी संस्थाले शेयर सदस्यहरुका माझ जन्म देखि मृत्यू पर्यन्तका कार्यक्रम र राहतहरु वितरण कार्यलाई जारी राखेको समेत बताउनु भयो ।

सभाध्यक्ष राधा कार्की ज्यूले जेष्ठ सदस्य भनेका घरका चार खम्बा सरह हुनुहुन्छ, जस्ले परिवारलाई सल्लाह सुझाब सत्मार्ग देखाउनुहुन्छ उहाँहरुलाई संरक्षण गर्नु हाम्रो कर्तब्य हुन आउँछ त्यसकारण गत वर्ष न्यानो कम्बल वितरण गरी सम्मान गरीएको थियो भने यस बर्ष बुवा आमाहरुलाई पिउने पानी तताउनका लागि गुणस्तरीय ईलेक्ट्रिक जग प्रदान गरीएको उल्लेख गर्नुभएको थियो । जेष्ठ सदस्यहरु आशिन स्थानमै पुगी अतिथीहरु तथा कर्मचारीहरु बाट सम्मान सहित सामग्री वितरण भएको उक्त कार्यक्रममा ७० बर्ष पुरा हुनुभएका १६७ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरीएको संस्थाका वित्तिय प्रामर्शक भोज प्रसाद आचार्यले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार