भ्यालु भौचर डिजिटल कार्ड वितरण

अछाम, १६ पौष ।
अछाम जिल्लाको तीन वटा पालिकामा नौ वटा समुदायका ५४१ जनालाई भ्यालु भौचर वितरण सम्पन्न भएको छ । युएसएआइडीको आर्थिक सहयोग,मर्सिकोर नेपाल र वाक नेपाल अछामको साझेदारी, पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको समन्वयमा भकारी कार्यक्रम अन्र्तगत उक्त भ्यालु भौचर वितरण सम्पन्न भएको हो ।

विभिन्न प्राकृतिक प्रकोपको कारण संकटासन्न परिवार, तीन महिना मात्र आफ्नो उत्पादनले खान पुग्ने, कोरोनाको कारण रोजगार गुमाएका, भौगोलिक रुपले सडक मार्गसम्म पहुँच नभएका, जेष्ठ नागरिक, अपांगता भएका सुत्केरी, लामो खडेरीका कारण उत्पादनमा भएको ह्रासको कारण खाद्य संकट भोगिरहेका परिवारलाई खाद्य सुरक्षामा पहँुच पु¥याउने उद्देश्यका साथ १०३५०(दश हजार तीन सय पचास) बराबरको भ्यालु भौचर डिजिटल कार्ड वितरण गरिएको हो ।

समुदायस्तरमा क्रियाशिल समुदाय स्तरिय विपद व्यवस्थापन समिति कृषि समूह र अन्य समूहले गरेको माथि उल्लेखित मापदण्डको आधारमा सहभागी छनौंट भएपछि पालिकाको सिफारिस पश्चात उक्त कार्य सफलताका साथ सम्पन्न भएको हो । मोवाइलको नेटवर्कको समस्या, इन्टरनेटको कमजोर पहुँचका बाबाजुद पनि आर्या टेक्नोलोजीको सहयोगमा यो कार्य सफल भएको हो ।


सरकारको सार्वजनिक नीजि साझेदारीको अवधारणालाई आत्मासाथ गर्दै स्थानीय व्यापारी, नागरिक समाज संस्था र सरकारी तहबाट भएको समन्वय यो जिल्लाकै लागि नौलो भएको कुरा जनप्रतिनिधि र स्थानीय व्यापारीले बताएका छन् । डिजिटल कार्ड भ्यालु भौचरको प्रयोग शुरुमा केही अप्ठ्यारो लागेको भए पनि अभिमुखिकरण र प्रत्यक्ष अभ्यासपछि सहज तरिकाले यो प्रक्रिया सम्पन्न भएको ब्यापारीहरुले वताएका छन् ।

छनौंट भएका सहभागीहरुले पनि एकदम खुशी भएर विशेषगरी हाम्रो भान्सामा आवश्यक पर्ने आधारभूत चीज चामल, दाल, तेल, नुन र केहीले जाडोको समय भएकोले सिरक, ब्लान्केट लिएको बताएका छन् । उक्त भ्यालु भौचर कार्यक्रमलाई सहज बनाउन र व्यापारी, सहभागी र साझेदार संस्थाको हौसला बढाउन भकारी कार्यक्रमका सेसिल अधिकारी, प्रशन्न प्रधान लगायत आर्या टेक्नोलोजीका बेन्जु बगालेको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार