सहकारीहरु उत्पादनमा जोडिनुपर्छ

संघर्ष गर्ने व्यक्तिले आफ्नो लक्ष्य भेटएका हुन्छन । जसले आफ्नो गन्त्यव्य भेट्टाउन मेहेनत र परिश्रम गर्छन ति व्यक्ती नै समाजको उच्च अहोदामा रहने गर्दछन । यस्तै मध्यका एक हुन् सुर्खेतका रमेश खनाल । सामान्य परिवारमा जन्मिएका उनले आर्थिक अवस्थाकै कारण आफ्नो पढाइ पुरा गर्न धेरै दुख गर्नुपर्यो । उनि विभिन्न सामाजिक क्षेत्रसँगै अहिले सहकारी क्षेत्रको उच्च पदमा छन । सहकारी क्षेत्रमा राम्रो काम गरेवापत उनले पुरस्कार पनि पाएका छन । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले सुर्खेत वीरेन्द्रनगर ४ भैरवस्थानमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था प्रवन्धक खनालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ः

सानोमा दियालो बालेर पढ्थे
बुवा देवीराम खनाल र आमा मिनादेवी खनालको कोखबाट २०४९ साल साउन २ गते सुर्खेतको साविक गुटु गाविस वडा नम्बर ३ हाल चैकुने गाउँपालिका वडा नम्बर ६ धारापानीमा साल्म रमेश खनालको जन्म भयो । घरको जेठो छोरा उनका ६ भाइबहिनी छन् । रमेशको बाल्यकाल सामान्य खालको थियो । उनका बुवाले कृषि कर्म गर्दथे । सामान्य परिवारमा जन्मिएनि पढाइप्रति भने चासो खुब्बै राख्ने रमेशले सानो कक्षा गाउँमै पढे । पाँच कक्षासम्म नेपाल राष्ट्रिय प्राथामिक विद्यालय साल्म धारानापानीमा पढेको उनी कक्षामा सधै दोश्रो हुन्थे । त्यतीबेला गाउँमा बत्तीको चलन थिएन । उनले सानो कक्षा पढ्दा दियालो बालेर पढेका हुन । एकदिनको घटना सम्झदै उनि भन्छन, ‘भाइबहिनी नपढेरै दियालो बालेर बसेका थियौँ, नपढेको भन्दै बुवाले बलिरहेको दियालोले हान्नुभयो, त्यो अहिले पनि ताजै छ ।’
६ कक्षादेखि जीवन ज्योती माध्यमीक विद्यालय गुटु झकमकेमा पढेका उनले २०६५ मा त्यही विद्यालयबाट एससएलसी पास गरे । सानैदेखि नेतृत्वदायी भुमीका निर्वाह गर्ने स्वभाव भएरै होलासमाजमा घुलमिल हुन सहजै सक्थे । सामाजिक काममा उनले चासो दिन्थे । देशको राजनितिक उथलफुथलले पनि उनलाई त्यो प्रेरेरण मिलेको । विद्यालय जाँन आउन ४ घण्टा लाग्थ्यो । मकै भुटेर घरबाटै लिएर नास्ता खान्थे । कहिलेकाँही झोलामा रहेको मकै साथीहरुले निकालेर खाइदिन्थे जसले गर्दा भौकभोकै घरसम्म दुइ घण्टा हिडेर आउनुपर्ने हुन्थ्यो । अनि घरमा आएर घाँस दाउँरा काट्ने, गोभर सोहर्ने काम गरेका उनले आफ्नो पढाईप्रति भने निकै चासो राख्ने गर्थे ।
बुवाले सिकर्मी काम जानेको भएर पनि होला उनले पनि त्यस सम्बनधी काम जानेका थिए गाउँका मानिसहरुले भविश्यमा राम्रो प्रगती गर्न सक्छ भनेर प्रेरेरणा पनि दिन्थे ।
काम गर्दै पढ्दै
एसएलसीमा राम्रो अंक ल्याएर पास भएपछि रमेशले जनता उच्च मावीमा म्यानेजमेन्ट तर्फ प्लस टुमा पढ्न थाले । त्यतीबेला पनि धेरै मेहेनतका साथ पढेका उनले २०६८ सालमा प्लस टु गरे । अनि व्याचलर पढ्न भन्दै उनि वीरेन्द्रगनरमा आएर आफ्नो पढाईलाई निरन्तर अगाडी बढाए । तत्कालिक वीरेन्दगर बहुमुखी क्याम्पसमा पढेका रमेश भाडामा बसेर पढेका हुन । भाइबहिनी पनि पढ्ने भएकाले घरको आर्थिक अवस्था कमजोर भएको थियो । एकातिर आफ्नो पढाई जसरी नी पुरा गर्नुपर्ने र अर्कोतर्फ भाइबहिनीको पढाईलाई पनि निरन्तरता गराउनुपर्ने उनको काँधमा जिम्मेवारी थियो । अनि वीरेन्द्रनगरका केही पसलहरुमा उनले भ्याटको काम गर्दै आफ्नो पढाई खर्च निकाल्थे । काम गर्दै भएपनि पढाईमा भने मेहेनत जारी राखे । त्यसपछि रमेश सुन्दर नेपाल संस्थामा काम गर्ने अवसर पाए । त्यतीबेला उनको व्याचलर सकिने थालेको थियो । परियोजनामा काम गर्दै उनले २०७१ सालमा कमर्सबाट व्याचलर सके ।

शिक्षकसँगै केही सामाजि क्षेत्रको अनुभव
रमेश प्लस २ पासपछि आफैले सानोमा पढेको विद्यालयमा ६ महिना शिक्षक बनेर समेत काम गरे । गाउँमा राम्रो सबै विषयमा अब्बल रहेको भन्दै नीजि श्रोतमा भएपनि पढाउनुपर्ने भन्दै विद्यालय शिक्षक बनाइयो । ६ महिना मात्र पढाएका उनले केही समय असल साशन क्लवमा सहजकर्ता भएर समेत काम गरे । कामको जिम्मेवारी आएपछि तत्काल सक्नुपर्ने उनको सानैदेखिको स्वभाको हो । जुनसुकै काममा पनि मेहेनत गरेर काम पुरा गर्नुपर्छ भन्ने उनि ठान्छन ।
सहकारीमा प्रवेश
उनको सानैदेखिको लक्ष्य भनेको वित्तिय क्षेत्रमा काम गर्ने हो । त्यही भएर नै उनले म्यानेजमेन्ट पढेका हुन । सुन्दर नेपाल संस्थामा काम गरिरहेका रमेशले काम गर्ने परियोजना सकिएको थियो । केही समय खाली बसेरहेका थिए । एकदिन वीरेन्द्रनगरकै पिपलबोट बचत तथा ऋमण सहकारी संस्था वीरेन्द्रनगर ४ भैरव स्थान सुर्खेतमा काम खुलेका थाहा पाएपछि त्यहाँ फर्म लगाए । उनको अनुभव र कार्यशैलि देखेपछि त्यस सहकारीमा उनि छनौटमा परे । ऋण सहायकमा नियुक्त भएका रमेशले राम्रो काम गरे । व्यवस्थापनको पाटोमा समेत राम्रो काम गरेपछि उनलाई एक तह बढुवा गरेर प्रवन्धक बनाइयो । प्रवन्धक भएपछि व्यवस्थापन र नीतिगत रुपमा संस्थालाई अगाडी बढाउन अहम भुमीका खेले । सहकारीहरु उत्पादनमा जोडिनुपर्ने र त्यस अनुसार ऋण लगानी गर्नुपर्ने उनले सहकारीमा छलफल चलाएपछि अहिले सहकारीबाट धेरै राम्रो काम भएको छ ।
सहकारीको राम्रो व्यवस्थापन गरेको भन्दै बचत तथा ऋमण सहकारी संस्थाहरुको छाता संघ (नेप्सकुन) बाट कर्णाली प्रदेशको उत्कृष्ट व्यवस्थापकको रुपमा रमेश पुरस्कृत समेत भएका छन ।


बैंकमा काम गर्ने लक्ष्य
सानैदेखि बैंकमा काम गर्ने सोच बनाएका रमेशले म्यानेजमेन्ट नै पढेका छन । उनको आमाले पनि बैकिङ क्षेत्रमा काम गर्नुपर्ने बताउथिन । उनलाई त्यो लक्ष्य पुरा गर्छु भन्ने लाग्छ । अहिले पनि यही क्षेत्रमा काम गरिरहेका रमेशले आमाको सपना साकार पार्ने बताउछन । घरको जिम्मेवारी र घरको आर्थिक अवस्थाका कारण रमेशले विभिन्न क्षेत्रमा काम गरेका छन ।

जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका उनले जुनसुकै काम गर्दा पनि धेरै मेहेनत गर्थे । सबै क्षेत्रमा काम गर्दा उनले धेरै संघर्ष गरे । घरपरिवारको आर्थिक अवस्था कमजोर हुँदा पनि आफ्नो पढाईलाई निरन्तरता दिए । काम गर्दै पढ्दै गर्दा धेरै संघर्ष गर्नुपर्यो । अर्कोतर्फ भाइबहिनीहरुको पढाईका लागि पनि जिम्मेवारी रमेशको काँधमा थियो । तर उनले चुनौतीको सामना गर्नुपर्छ भनेर लागे । समस्याबाट नभाग्ने उनी संघर्षकै कारण हाल विभिन्न क्षेत्रको अनुभवसँगै सहकारीको उच्च पदमा रहेर काम गरिहेका छन । उनी जीवनलाई सहज बनाउन चुनौतीको सामना गर्न सक्नुपर्ने बताउछन् ।
अबको योजना
सामाजिक क्षेत्रमै काम गरेर सेव ागर्ने उनको लक्ष्य छ । गरिबीको रेखामुनी रहेका व्यक्तीहरुलाई माथी उठाउने र समाजको गलत संस्कारलाई अन्त्य गर्न विभिन्न चेतनामुलक अभियान संचालन गर्ने उनको योजना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार