सस्तोमा होटल म्यानेजमेन्ट पढाउँदै मुसुम

सुर्खेत, ८ पौष ।
मध्यपश्चिम विश्वविद्यालय अन्तरगतको मुसुमले स्नातक तहमा नयाँ विषय पढाउने भएको छ । यसै शैक्षिक सत्रदेखि मुसुमले स्नातक तहमा होटल म्यानेजमेन्ट पढाउने भएको हो । होटल म्यानेजमेन्ट विषय पढ्न चाहने विद्यार्थीका लागि मुसुमले पुस आवेदन आह्वान गरेको छ ।

जुनसुकै विषयमा डी ग्रेड ल्याएर १२ कक्षा उत्तिर्ण विद्यार्थीहरुले आवेदन दिन पाउने छन् । यही पुस १९ गते प्रवेश परीक्षा लिएर अध्ययन सुरु गर्ने मुसुमका स्नातक तहका विभागिय प्रमुख डिल्लु ढुङ्गानाले जानकारी दिए ।


पश्चिम नेपालमै पहिलो पटक सरकारी शैक्षिक संस्थामा मुमुमले होटल म्यानेजमेन्ट पढाउन थालेको हो । निजी कलेजमा होटल म्यानेजमेन्ट अध्ययन गर्दा झण्डै आठ लाखसम्म खर्च लाग्ने गर्दछ । मुमुमले तीन लाख दश हजारमै होटेल म्यानेजमेन्ट पढाउने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार