नयाँ व्यवसायले थपिदा आर्थिक गतिविधि बढ्यो : अध्यक्ष रावत

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक गतिविधिमा बृद्धि भएको बताएका छन् । ‘पछिल्लो समय वीरेन्द्रनगरमा आर्थिक गतिविधि बढ्दै गएका छन्’ आइतबार आर्शिवाद होटल एण्ड रेष्टुरेन्टको उद्घाटन गर्दै रावतले भने, ‘नयाँ–नयाँ उद्योग व्यवसायीहरु खुल्नेक्रम बढ्दा आर्थिक कारोबार पनि बृद्धि भएको छ ।’ आर्थिक गतिविधि बृद्धि र उद्योग व्यावसायीलाई सहयोग लागि उद्योग बाणिज्य संघ सधै तयार रहेको रावतले बताए । ‘नयाँ व्यवसायले अर्थतन्त्रलाई चलायमान गराउन सहयोग पुगेको छ’ उनले भने, ‘नयाँ आउने व्यावसायीलाई सहयोग सुर्खेतको निजी क्षेत्र सधै साथमा छ ।’
विगत ६ बर्षदेखि वीरेन्द्रनगरमा रेष्टुरेन्ट व्यावसाय गर्दै आएका मणिराम गौतमले बुलबुले एफएम रोडमा आर्शिवाद होटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

यसअघि नै सञ्चालनमा रहेको उक्त रेष्टुरेन्ट गौतमले आइतबारदेखि सेवा सुविधा थप सहित नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा ल्याएका हुन् । नेपाली, इन्डिएन, चाइनिज लगायतका खाजा तथा नास्ता र खानाको परिकारहरुका सेवाहरु दिने सञ्चालक गौतमले बताए ।
उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष ललित बसेल लगायतको सहभागी थिए ।

तपाईको प्रतिक्रिया