पिएम कपमा लुम्बिनीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनायो।

फाप्ला मैदानको आउटफिल्ड गिलो हुँदा ६ ओभरमा झारिएको खेलमा लुम्बिनीले सहज जित हासिल गर्‍यो  । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १७ रन मात्र बनायो ।

जवाफमा उक्त लक्ष्य लुम्बिनीले ३.१ ओभरमा नै बिनाविकेटको क्षतिमा पूरा गर्‍यो  । उसका लागि लक्ष्मी चौधरी १२ रनमा अविजित रहँदा नेरी थापा ५ रन बनाएर क्रिजमा रहिन्  ।


त्यसअघि पहिलो ब्याटिङ गरेको कर्णालीका लागि आयुषा टण्डन र दीक्षा पुरीको ७-७ रन सर्वाधिक रह्यो। कर्णालीका कुनै पनि ब्याटरको प्रदर्शन गतिलो रहेन  ।

जितसँगै लुम्बिनीले दुई खेलमा चार अंक बनाउँदै समूह एको शीर्ष स्थानमा रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार