नेदरल्याण्ड्समा आजदेखि लकडाउन‚ लण्डनमा तयारी


कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै विभिन्न देशले लकडाउन गर्न सुरु गरेका छन्  । कोरोनाविरुद्धको खोप लगाएपछि लकडाउन अन्त्य गरेका विभिन्न देश पुनः लकडाउनमा फर्किन लागेका हुन् ।

नेदरल्याण्ड्सले आजदेखि लागू हुने गरी कडा लकडाउनको घोषणा गरेको छ। नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको घोषणा गरेका हुन्  । लकडाउनसँगै अब त्यहाँ जनवरी १४ सम्म सामाजिक दूरीका नियमलाई कडा पारिने छ  ।

त्यस्तै‚ त्यहाँ अब भिडभाड गरेर न्यूएयर तथा न्यूएयर इभका कार्यक्रमहरु गर्न पाइने छैन। सबै विद्यालयहरु जनवरी ९ सम्मका लागि बन्द हुनेछन् । खेलकुद कार्यक्रमहरु पनि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्  ।


बेलायतको लण्डनमा पनि लकडाउन गर्ने तयारी थालिएको छ  । पछिल्ला २ दिनमा लगातार रेकर्ड संख्यामा संक्रमितहरु भेटिएपछि लण्डनका मेयर सादिक खानले लकडाउन गर्न छलफल अघि बढाएका छन्  । यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर ५लाख ३८ हजार कोरोना संक्रमित थपिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार