उत्पादन बढाउन सुर्खेतमा ‘जलबायुमैत्री’ खेति


सुर्खेत : जलबायु परिवर्तनका कारण कृषि उत्पादन बर्षेनी घट्दो छ । दुःख अनुसार प्रतिफल नपाएपछि धेरैले कृषि पेशा नै परिवर्तन गरिसकेका छन् । खेति गर्न चाहे पनि कृषकलाई अनेक समस्या छन् । कतै सिंचाई त कतै बजारको अभाव छ ।

किसानको दुःखमाथि जलबायु परिवर्तनले थप दुःख थपिदिएको छ । जलबायु परिर्वतनको असरका कारण कहिले उत्पादित अन्न खेतबारीमै अन्न सडेको छ त कहिले खेतिबारी नै बगाई दिएको छ । उत्पादन बढाउन रसायनिक बलको प्रयोग उत्तिकै बढ्दो छ । रसायनिक मलको प्रयोगले एकातिर उपभोक्ताको स्वास्थ्यमा असर पारेको छ भने अर्काेतिर माटोको उर्बर शक्ती घटाउँदै लिएको छ । यही समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय कृषक समूह महासंघले किसानलाई उत्पादन र आहारामा आत्मनिर्भर बनाउने उपायको खोजी थालेको छ । जसका लागि महासंघले जलबायुमैत्री खेति प्रर्णाली र अर्गानिक उत्पादनको विकल्प अगाडि सारेको छ ।

जलबायुमैत्री खेति प्रर्णालीका लागि महासंघ सुर्खेतका विभिन्न तीन वटा स्थानीय तहमानमूनाका रुपमा खेति सुरु गरेको छ । भेरीगंगा, वीरेन्द्रनगर र लेकबेशी नगरपालिकामा जलबायुमैत्री खेति प्रर्णाली सुरु गरेको हो । ति स्थानीय तहका कृषिहरुले १२ वटा बगैजामा तरकारी खेति सुरु गरेको हुन् । एउटा समूहमा २५ जना कृषकहरु आबद्ध छन् । आधिकारिक रुपमा स्थानीय तहमा दर्ता भएका कृषक मात्रै समूहमा आबद्ध भएका हुन् ।

जलबायु परिवर्तनलाई रोक्न नसकिने भएपछि कसरी जलबायु अनुकुल खेति प्रर्णाली गर्न सकिन्छ भनेर नमूनाका रुपमा तरकारी खेति गरिएको हो । ‘जलबायु परिवर्तनको असरले उत्पादनमा ह्रास ल्याएको छ’ राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय उपाध्यक्ष सशिराम आचार्य भन्छन्, ‘अब कृषकलाई आत्मनिर्भर बनाउन जलबायुमैत्री खेति गर्नुको विकल्प छैन ।’ नमूना खेतिमा जलबायु परिवर्तनको असरलाई कम गर्न रसायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

रसायनिक मलको प्रयोगलाई नगरे उत्पादन बढ्ने र त्यसले उपभोक्ताको स्वास्थ्यको लागि लाभदायी हुने अपेक्षा छ । त्यस्तै रसायनिक मलको प्रयोग नगर्नुको अर्काे कारण भने कृषलाई पोषणा आहारामा आत्मनिर्भर बनाउनु हो । ‘उत्पादन बृद्धिसँगै कृषलाई पोषणमा आत्मनिर्भर बनाउनु नमूना खेतिको अर्काे उद्देश्य हो’ उपाध्यक्ष आचार्य भन्छन्,‘अर्गानिक मलको प्रयोगले पोषणमा ह्रास हुँदैन ।’ रसायिक मलकै कारण कृषकमा पोषणको अभाव भएपछि यस्तो अवधारणा ल्याइएको हो ।

जसका लागि महासंघले ‘पर्यावरणीय कृषि प्रर्णाली प्रबद्र्धन’ कार्यक्रम नै सञ्चालन गरेको छ । भीएसओको आर्थिक सहयोगमा समाज विकास सबलिकरण, सुशासन प्रवधनको लागि युवा र अशल शासन क्वलको साझेदारीमा राष्ट्रिय कृषक समूह महासंघले कार्यक्रम सञ्चालन गरेको हो ।

कृषकलाई खेतिबारीमै तालिम


कृषि उत्पादनलाई बृद्धि गर्न कृषकलाई खेतबारीमै पुगेर अर्गानिक र पौष्टिक खाना उत्पादनका लागि तालिम दिने भएको छ । पर्यावरणीय कृषि प्रर्णाली प्रबद्र्धन कार्यक्रम सञ्चालन भएका वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकका कृषकलाई खेतिबारीमै गएर तालिम दिइने भएको हो ।

जसका लागि राष्ट्रिय कृषक समूह महासंघले साझेदार संस्थाका प्रतिनिधिहरुलाई अभिमुखिकरण दिएको छ । कृषकलाई तालिम दिन योग्य बनाउने उद्देश्यले साझेदार संस्थाका प्रतिनिधिहरुलाई दुई दिनसम्म अभिमुखिकरण गरिएको हो । २५ जना सहभागीहरुलाई कृषि विज्ञद्वय छवि पौडेल र जनक पन्तले सहगीकरण गरेका थिए ।

अभिमुखिकरणमा सहभागी सबै प्रतिनिधिले जलबायुमैत्री खेती सुरु गरेका किसानलाई बारीमै पुगेर कसरी अर्गानिक र पौष्टिक खाना उत्पादन गर्न सकिन्छ भनेर तालिम दिनेछन् ।

पालिकामै कृषि विज्ञको माग

राष्ट्रिय कृषक महासंघ नेपालले पालिका स्तरमै कृषि विज्ञ खटाउन माग गरेको छ । पालिका स्तरमै कृषि विज्ञ खटाएको खण्डमा उत्पादन बढ्ने र कृषकहरु पेशामा आत्मनिर्भर बन्ने महासंघको अपेक्षा छ ।

पालिकास्तरमै माटो परीक्षण र बल बिउको सहज उपलब्धता भए उत्पादन बढाउन सकिने आचार्यले जनाए । कृषि परिचय पत्रको आधारमा किसानलाई मह, बिउमा सहुलियत दिनुपर्ने र सरकारले निःशुल्क रुपमा कृषिको विमा गरिदिनुपर्ने समेत माग गरेको छ । बालिको विमा नहुँदा कहिले असिना पानी त कहिले बाढीले बाली खेतमै नष्ट हुँदै आएको छ । बेमौसमी बर्षा हुँदा हरेक बर्ष कृषकहरु मारमा पर्दै आएछन् । कृषिको विमा गरेको खण्डमा सरकारले राहत दिनुपर्ने अवस्थाको अन्त्य हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार