अन्तरिक्षमा बिहे गर्ने आम सपना पनि अब यथार्थमा परिणत हुँदै

काठमाडौं : अन्तरिक्षमा बिहे गर्ने आम सपना पनि अब यथार्थमा परिणत हुँदैछ ।

भविष्यमा स्पेस बेलुनमा बसेर जमिनभन्दा एक लाख फिट उचाइमा अन्तरिक्ष क्षेत्रमा बसेर जोडीहरूले बिहे गर्न पाउने छन् । अमेरिकाको फ्लोरिडामा रहेको स्पेस पर्सपेक्टिभ नामक कम्पनीले सो विशेष खालको अन्तरिक्ष बेलुन तयार गरेको हो। उक्त बेलुनको आकार एउटा फुटबल रङ्गशाला जत्रो रहेको छ ।

अन्तरिक्षमा बेलुनमा उडेर बिहे गर्ने चाहना सबैको हुन सक्दछ। तर यो चाहेर पनि सबैका लागि सम्भव हुनेछैन किनभने अन्तरिक्षमा गएर बिहे गर्नका लागि डेढ करोड नेपाली रुपैया भुक्तान गर्नुपर्नेछ । अन्तरिक्षमा गएर बिहे गर्ने यो कार्यक्रम सुरु हुन सन् २०२४ सम्म पर्खिनु पर्नेछ ।

कम्पनीका अनुसार केही मानिसले अन्तरिक्षमा बिहे गर्ने उक्त यात्राका लागि बुकिङ गरिसकेका छन् । उक्त बेलुनमा एक पटकमा आठ जना मानिसले यात्रा गर्न सक्नेछन् । यो यात्रा छ घन्टाको हुनेछ।

तपाईको प्रतिक्रिया