ए डिभिजन लिग स् हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज खेल्दै

काठमाण्डौ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ ।

आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् ।

खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

हिमालयन शेर्पा चार खेलमा दुई अङ्क जोडेर १३औँ स्थानमा छ । ब्रिगेडको चार खेलमा पाँच अङ्क छ । ब्रिगेड ब्वाइज आठौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया