सुर्खेतमा थपिए एचआइभी संक्रमित


सुर्खेत : सुर्खेतमा थप चार जना एचआइभी संक्रमित थपिएका छन् । कपिलवस्तु ईन्टीग्रटेड डेभलभमेन्ट सर्भीसेज (किड्स)ले गरेको परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको हो । एचआइभी रोकथाममा सक्रिय किड्सले सुर्खेतका दुई हजार दुईसय २३ जनाको एचआईची परीक्षण गरेको थियो ।

जसमा चार जनामा संक्रमण पुष्टि भएको कार्यक्रम अधिकृत अन्जु सापकोटाले जानकारी दिइन् । त्यस्तै थप दुई जना संक्रमणको आशंका गरिएको छ । आशंकितहरुको संक्रमण पुष्टि भए÷नभएको पुष्टि हुन बाँकी छ । किड्स सुर्खेतमा एचआईभी रोकथाम र संक्रमितको जीवन निर्वाहलाई सहज बनाउन सक्रिय छ । चौकुने, पञ्चपुरी, वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिका एचआइभी रोकथाम र संक्रमितको हेरचाहाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यसैबीच किड्सले शुक्रबार एचआईभी रोकथामका क्षेत्रमा काम गर्ने गरकारी तथा गैरसरकारी संस्थाका सरोकारवालाहरुसँग समन्वयात्मक बैठक गरेको छ । आप्रवासी तथा दम्पत्तीको लागि एचआईभी रोकथाम कार्यक्रम अनर्तगत सरोकारवालाहरुसँगको समन्वयात्मक बैठक वीरेन्द्रगरमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुले एचआईभीको क्षेत्रमा काम गर्नु आफैमा चुनौतीको रहेको भन्दै संक्रमितलाई सबैलाई विमा कार्यक्रममा समेट्नुपर्ने बताए । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लेले एचआईभी सर्न नदिन र एचआईभी पोजेटिभ भएकाहरुको नियमित निगरानी गर्नुपर्ने बताए ।

एचआईभी संक्रमितहरुको संख्यामा कमी आएको भन्दै एचआईभीलाई कोभिड भ्याक्सिन प्रदान गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुले भूमिका खेल्नु पर्नेमा उनले जोड दिए । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका क्षयकुष्ठरोग अधिकृत गणेशभक्त गौतमको अध्यक्ष्यतामा भएको कार्यक्रममा सुर्खेतमा एचआईभीको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया