पहिलो भेटमै माया बस्याे


दीपा विसी÷बखत रावल
मन पराएको मान्छेसँग जीवन विताउने रहर सबैलाई हुन्छ । कतिको यो रहर पुरा हुन्छ त कतिको अधुरै। जव मन पराएको व्यक्तीको माया पाइन्छ । त्यतिबेला सबै कुरा सम्भव जस्तै लाग्छ । विश्वास जितियो भने जस्तोसुकै चुनौतिको पनि सामना गरेर अगाडी बढ्ने आँट र सहास आउँछ । अर्थात प्रेम गर्नका लागि आउने चुनौतिको सामना गर्न हरेक जोडी तयार हुन्छन् । प्रेमलाई अजम्बरी बनाउन जस्तोसुकै अप्ठेरो पनि डटेर सामना गर्न तयार गर्छन् । यस्तै भयो दैलेखका बखत रावल र अछामकी दीपा विसी रावललाई पनि । पहिलो भेटमै एकले अर्कालाई मन पराए । एउटै विद्यालयमा पढ्दा मायाजाल बुने । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं  :

पहिलो भेटमै मन प¥यो

२०६४ सालमा दीपा अछामको तुर्माखाँदबाट देउसी भैलो खेल्न दैलेखको तल्लो डुङ्गेश्वर आएकी थिइन । बखत तिहारको सामान किन्ने भनेर तल्लो डङ्गेश्वर बजार गएका थिए । दुबैजनाले एकअर्कालाई देखे । पहिलो भेटमै बखत दीपाप्रति आकर्षित भए । बखत त्यतिबेला बोल्न दीपासँग कुरा गर्न चाहन्थे । तर मौका पाएनन् । दीपाले बखतलाई देखे पनि खासै ध्यान दिइनन् । बखतले दीपालाई फेरी पनि भेट्न पाएको भए भनेर सोचे । संयोगले बखत आफ्नो अन्टीको घर गए । दीपाको घर बखतको अन्टीको गाउँमा नै रहेछ । दोश्रो पटक दीपालाई देखेपछि अन्टीसँग उनको बारे सोधिखोजी गरे । अर्काे दिन भेटेरै परिचय गरे ।

पढ्दा पढ्दै नजिकिदै

बखत माध्यमिक तहको शिक्षा अछामबाट गर्ने निर्णय गरे । घरमा पनि यस विषयमा कुरा गरेपछि दीपाको गाउँको विद्यालयमा पढ्ने गरी अछाम गए । बखतको अन्टीको घर पनि त्यही थियो । अन्टीको घरमा बसेर पढ्न गरी उनले बिन्द्राशैनी माध्यमिक विद्यालयमा भर्ना भए । दीपा सोही विद्यालयमा पढ् थीन् दुबैजना सँगै विद्यालय आउने– जाने गर्थे । सँगै विद्यालय जान–आउने गर्दागर्दै निकै नजिक भए । बखतले मनको कुरा भन्न चाहान्थे । तर भन्न सकेका थिएनन । बखत भन्छन ‘आफ्नो मनको कुरा भोली त भन्छु भनेपनि भेटमा त्यस सम्बन्धी कुरा गर्न सकिन्थेन ।’ बखतले दीपालाई नखेख्दा साह्रै नराम्रो मान्थे ।

चिठ्ठी मार्फत प्रेम प्रस्ताव

 बखतले एकदिन आफुले मन पराएको कुरा चिठ्ठी मार्फत पठाए । उनले भेट भएदेखि आफुले मन पराएको कुरा चिठ्ठीमा उल्लेख गरेका थिए । तर दीपाले त्यसको जवाफ फर्काइनन । बखतको अपेक्षा पहिलो चिठ्ठीबाट नै जवाफ आउछ भन्ने थियो । दीपाले जवाफ दिइनन । तर बखतले आफुलाई मन पराएको कुरा भने थाहा पाइन । भेटमा भने त्यस सम्बन्धी कुरा हुन्थेन । बखतले दीपालाई जता जाँदा पनि पच्छ् याइ रहन्थे । बखतले अर्को चिठ्ठी लेखेर पठाएपछि दीपाले त्यो चिठ्ठी राती पढिन । सामान्य भाषामा लेखिएको उक्त चिठ्ठी पढेपछि दीपा उत्साहित भइन । खाइलाग्दो र इमान्दार केटा थिए । दीपाले पनि अब प्रेम गर्न सहमत भइन । तिनदिनपछि बखतलाई चिठ्ठीको जवाफ पठाइन । अनि उनिहरु एकअर्कामा प्रेम गर्न थाले ।

सानो कुरा पनि सल्लाह

उनिहरु एकअर्कालाई खुबै माया गर्न थाले । विद्यालय जाँदा आउँदा पनि उनिहरु सँगसँगै जान्थे । सानो सानो कुरा पनि सेयर गर्ने गरेका उनिहरुबिचमा गहिरो माया प्रेम भयो । दुबैको घर परिवारमा पनि यो कुरा अलिअलि जानकारी थियो । एकदिन पनि उनिहरु छुट्टीनुपर्यो भने छटपटीमा पर्थे । दीपाले बखतलाई साह्रै माया मान्थिन । दीपाको घरमा केही मिठो कुरा पाकेको छ भने बखतलाई बोलाउथिन । विद्यालयबाट आउँदा जाँदा पनि बिवापछिका प्लानसमेत गराउने गर्थे ।


त्यसपछि विवाह…

एक बर्षभन्दा धेरै प्रेम गरेका उनिहरुले एकअर्काको बानी र स्वभाव जान्दथे । दुबैजना एकअर्काबिचमा छुट्न सक्दैन्थे । एकदिन दुबैजनाले सल्लाह गरेर बिवाह गर्ने निर्णय गरे । यो विषयमा कसैलाई पनि जानकारी दिएनन । अनि उनिहरुले २०६६ सालमा बिवाह गरेर दैलेख आए । बिवाह गर्दा उनिहरु १८ बर्षका थिए । सानै उमेरमा बिवाह गरेर बुहारी बनेर घरमा आउँदा दीपालाई केही नौलो अनुभव भइरहेको थियो । तर उनि घुलमिल हुन सक्ने स्वभावकी थिइन । बखतले धेरै माया गर्ने भएरै होला पराइ ठाउँ बिरानो भएपनि आफ्नै जस्तो लाग्थ्यो ।

जीवनमा संघर्ष

बिहेपछि संघर्ष थपियो । दुबैजना परिपक्क भइसकेका थिएनन् । पढाई पुरा गर्नुपर्ने एकातिर थियो भने घरको जिम्मेवारी । दीपा भन्छिन ‘परिपक्क भएर बिवाह गर्दा धेरै सहज हुँदो रहेछ अहिले थाहा भयो ।’ घरको जिम्मेवारी पुरा गर्दै आफ्नो पढाईलाई निरन्तरता दिए । बिवाहपछि २०६८ सालमा दुबैजनाले एसएलसी पास गरे । प्लस टु पढे । बखतको परिवार राजनीतिक रुपमा पनि अगाडी थियो । दीपा पनि सानैदेखि नै सामाजिक काममा अब्बल थिइन । गाउँमा महिलाहरुलाई अगाडी ल्याउन विभिन्न सचेतनाका कार्यक्रम समेत चलाउथिन । दीपा गाउँका विभिन्न कार्यक्रमहरुमा समेत सक्रिय भइन । बखत पनि इमान्दार र भलाद्मी स्वभावका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा दीपालाई गाउँपालिकाको उपाध्यक्षको उमेद्वार बनाइयो । दीपा हालः गुराँस गाउँपालिका दैलेखको उपाध्यक्ष छन् भने बखतले पनि आफ् नो उच्च शिक्षाको पढाइसँगै व्यवसाय गरेका छन् । संघर्ष र मेहेनतपछि सार्बजनिक पदधारण गरेकी छन । उनिहरु भन्छन, एकअर्काको विश्वास र माया साथले जीवनलाई सफल बनाउँदो रहेछ ।’

बाल्यकाल

बुवा मानबहादुर र मोतिकला रावलको कोखबाट विसं २०४८ साल असार १८ गते हालको गुराँस गाउँपालिका वडा नम्बर २ दैलेखमा बखत रावलको जन्म भएको हो । उनी घरको जेठो छोरा हुन् । बाल्यकाल गाउँमै विताए । गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट कक्षा ८ सम्म अध्ययन गरे । कक्षा ९ कक्षादेखि छिमेकी पालिका अछामको तुर्माखाँदको बिन्द्राशैनी माध्यमिक विद्यालयमा पढे । २०६७ सालमा एसएलसी पास गरे । २०७० सालमा प्लसटु पास गरे । हाल उनी वीएड अध्ययनरत छन् । बुवा मानबहादुर बुढा र र आमा पुनादेबी बुढाको कोखबाट २०४७ साल बैशाख १२ गते अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ मा दीपाको जन्म भएको हो । सानो कक्षा तुर्माखाँदमै पढेकी उनले एसएलसी २०६७ सालमा गुराँस गाउँपालिका वडा नम्बर ३ को सरस्वती माध्यमिक विद्यालयबाट गरेकी हुन । बिवाहपछि मात्रै एसएलसी र प्लस टु गरिन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । दीपा गाउँपालिका उपाध्यक्ष र पार्टीको राजनीतिमा सक्रिय भएकाले धेरै जसो समय जनताको काममा जान्छ भने बखत पनि राजनितिसँगै व्यवसायिक काममा हुने भएकाले धेरै फुर्सद पाउँदैनन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार