अभिकर्तादेखि ‘हाकिम’सम्म


योगेन्द्रबहादुर कार्की

प्रमुख, अजोड बिमा कम्पनी कर्णाली प्रदेश, सुर्खेत

मेहेनती र संघर्ष गर्नेहरु असफल हुँदैनन् । लक्ष्यमा लिएर हिँड्नेहरु प्रतिष्ठित बन्न समय पनि लाग्दैन । यस्तै, मध्यका एक हुन् योगेन्द्रबहादुर कार्की । सामान्य परिवारमा जन्मिएका उनले समस्यासँग जुधेर आफ्नो शैक्षिक उपलब्धी हासिल गरे । सानो कामबाट सुरु गरेका अहिले अजोड बिमा कम्पनीको कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतको ‘हाकिम’ अर्थात प्रमुख बन्न सफल भएका छन् । प्रस्तुत छ, हाम्रा सहकर्मी टेकराज केसीले कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश :

सामान्य बाल्यकाल

बुवा नयाँराम कार्की र आमा थेप्ची काकको कोखबाट २०४४ साल चैत १० गते दैलेखको चामुण्डाविन्द्राशैनी नगरपालिका ५ बस्तेकोटमा योगेन्द्रबहादुर कार्कीको जन्म भयो । दुइ दिदी ९ जना दाईहरुमध्ये उनी कान्छा हुन् । बाल्यकाल सामान्य थियो । बुवाले कृषि कर्म गर्दथे । घरमा गाईभैसी बाख्राहरु धेरै थियो ।

उनको घरमा खाना लगाउन त्यती समस्या त थिएन। तर भनेजत्ती हुन्थेन। बाल्यकाल दैलेखमा विताएका उनले सानो कक्षा जनता मावी बस्तेकोटमा ५ कक्षासम्म पढे । सामान्य परिवारमा जन्मिएका उनले सानैदेखि पढाइप्रति चासो राख्ने गर्थे । उनले ६ कक्षादेखि चामुण्डा माविमा उनले आफ्नो पढाई शुरु गरे । त्यही मावीबाट २०५९ सालमा एसएसलसी पास गरे । उनको पढाई राम्रै थियो ।

मेलापर्वसँगै पढाइ

योगेन्द्रले सानैदेखि दुख गरेर पढेका हुन । विद्यालय घरबाट टाढा थियो । विद्यालय आउन जान ४ घण्टा हिड्नुपथ्र्यो । चार घण्टासम्म दिनमा हिडेर उनले आफ्नो विद्यालय तहको शिक्षा हासिल गरेका हुन ।

विद्यालयबाट घर फर्किएपछि घरको काम पनि गर्नुपथ्र्यो । बुवाको मुख्य पेशा कृषि र पशुपालन थियो । वस्तुभाउलाई घाँस काट्नेदेखि गोभर स्वर्ने काम पनि उनले गर्थे । विदाको समयमा उनि गोठालो जान्थे भने उतैबाट दाउरा घाँस ल्याउँथे । यती धेरै काम गर्नुपर्ने भएपनि आफ्नो पढाईलाई भने निरन्तरता दिएरु पढ्थे ।

साथीहरुसँग मिलेर उनले विभिन्न खेलहरु पनि खेल्ने गर्थे । उनको रुचीको खेल भनेको भलिवल, पौडी थियो । गम्भिर स्वभावका उनि काम गर्ने शिलशिलामा अरुभन्दा फरक ढङ्गले गर्थे । साथीहरुसँग पनि उनि मिलनसार थिए । साथीहरुले पनि उनिलाई साह्रै मन पराउँथे ।

पढाईमा अब्बल

एसएलसी राम्रो अंक ल्याएर पास भएका उनि आए पढ्न भन्दै सुर्खेत वीरेन्द्रनगर आए । उनले बहुमुखि क्याम्पसमा नाम लेखाए । भाडामा बस्दै पढ्दै गरेका उनले अधिकांस समय पढाईलाई दिन्थे । पढाई राम्रो थियो । विद्यालय तहदेखि नै एकपटक पनि फेल भएका छैनन । २०६३ सालमा उनले तत्कालिन बहुमुखि क्याम्पसबाट आइए पुरा गरे ।

त्यसपछि उनले व्याचलरमा जोइन गरे । उनका दाजुभाईहरु घरमा अलग अलग भइसकेका थिए । उनको बुवा पनि स्वर्गीय भएपछि सबै जिम्मेवारी उनको काँधमा आयो । उनले व्याचलर पढ्दै गर्दा साथीहरुसँगको सहकार्यमा एउटा गैर सरकारी संस्था खोले । उक्त संस्थाले बालबालिका र किशोर किशोरीहरुलाई कुलतमा फस्न नदिनेगरी अभियान र विभिन्न सचेतनाका कार्यक्रम गर्ने उद्देश्य थियो । उनि बिहान क्याम्पस जान्थे भने दिउँसो संस्थाको काममा जान्थे । उनले काम गर्दै पढ्दै गरे ।

व्याचलरमा पनि आफ्नो पढाईलाई कुनै बाधा पर्न दिएनन। त्यही संस्थामा ३ बर्ष काम गरेका उनले एकातिर क्याम्पसको ज्ञान पनि लिन पाए भने अर्कोतर्फ सामाजिक सुधारका काम पनि गर्न पाए । उनले २०६८ सालमा व्याचलर सके । उनले यो अवधीमा धेरै दुख गरेर पढेका थिए ।

अनि विमा कम्पनीमा जोडिए..

एकदिन एउटा बिमा कम्पनीको तालिममा आयोजना गरिएको थियो । त्यो तालिममा उनि सहभागी हुने मौका पाए । तालिममा बसेपछि बिमाको बारेमा धेरै ज्ञान लिए । उनका व्याजी साथीहरुपनि बिमा कम्पनीमा काम गर्थे । बिमाको बारेमा सबै बुझेपछि काम गर्ने सोच बनाए । त्यसपछि प्राइम लाइफ इन्सोरेन्समा जोडिए ।

सुरुमा अभिकर्ता भएर उनले दुई बर्ष काम गरे । उनको काम राम्रो छ भन्ने थाहा पाएपछि उनलाई नेशनल लाइफ इन्सोरेन्समा काम गर्न बोलाइयो । त्यहा बिजनेस म्यानेजर भएर काम गरे । केही बर्ष काम गरेका उनले लुम्बिनी जनरल इन्सोरेन्स स्थापना गरी सिनियर असिस्नेन्ट भएर तीन बर्ष काम गरे ।

मेहेनती र संघर्षशिल उनले बिमा कम्पनीमा राम्रो गर्दै गएपछि अहिले उनि अजोड इन्सुरेन्स लिमिटेडको कर्णाली प्रदेशको प्रमुख भएर काम गरिरहेका छन् । काम गर्दै उनले आफ्नो पढाईलाई अहिले पनि छोडेका छैनन् । २०७० सालमा मास्टर्स गरेका छन ।

जीवनमा संघष

सानैदेखि संघर्ष गर्दै आएका उनले जुनसुकै काम गर्दा पनि धेरै मेहेनत गर्थे । सबै क्षेत्रमा काम गर्दा उनले धेरै संघर्ष गरे । घरपरिवारको जिम्मेवारी आफ्नो पढाई, र अन्य समस्याहरुसँग उनि जुधे । पछाडी कहिले हटेनन ।

कामलाई सामान्य नठान्ने उनले आफनो काम र पढाईलाई उत्तिकै महत्व दिएर अगाडी बढे । संघर्षको क्रममा उनले आर्थिक समस्यादेखि थुप्रै अन्य चुनौतीहरुको समेत सामाना गरेका छन । समस्याबाट नभाग्ने उनी संघर्षकै कारण नेतृत्वदायी भुमिकामा छन् । भने उनि सुर्खेतमा जमेर बस्न सफल भएका छन । उनी जीवनलाई सहज बनाउन संघर्ष गर्नुपर्ने बताउँछन् ।

बिमा कम्पनीबाटै मानिसहरुलाई जोड्ने र सुरक्षित बनाउँदै लैजाने उनको योजना छ । सँगै उनले विभिन्न सामाजिक काममा समेत चासो राख्ने भएकाले समाजको पछौटेपनलाई हटाउन महत्वपूर्ण भुमीका निर्वाह गर्ने सोच उनको छ ।

तपाईको प्रतिक्रिया