डेढ दशकदेखि निर्माणको काम अधुर

बर्षौंदेखि चर्चामै वीरेन्द्रनगरको चक्रपथ


सुर्खेत : वीरेन्द्रनगरमा चक्रपथ निर्माणको चर्चा चलेको धेरै बर्ष भयो । राजनीतिक दल र नेताहरुले यसैको नारा लगाएर धेरै चुनाव पनि जिते । तर चर्चामा रहेको र वीरेन्द्रनगरको समृद्धिमा महत्वपूर्ण मानिएको यही चक्रपथको निर्माण कार्य पूरा हुन सकेको छैन । निर्माण थालिएको १६ बर्षसम्म पनि यो अधुरै छ । चक्रपथको कुल लम्वाई ३१ किलोमिटर छ । तर १६ बर्षमा जम्मा २१ किलोमिटर ट्याक मात्रै खुलेको छ ।

स्थानीय र वन कार्यालयको अवरोधका कारण आयोजनाको ७० प्रतिशत काम बाँकी नै छ । वीरेन्द्रनगरको सुव्वाकुनादेखि घुस्रा हुदैँ दक्षिण भागबाट बाङ्गेसिमल जोडिने यो चक्रपथ विवादकै कारण सुरुवात विन्दुमै काम हुन सकेको छैन । ‘स्थानीयको अवरोधकै कारण चक्रपथ निर्माणमा ढिलाइ भएको छ’ वीरेन्द्रनगर–२ का वडाध्यक्ष बलबहादुर रोकाय भन्छन्, ‘उठिबास नै हुने भएपछि स्थानीयले सुरुवातिदेखि नै अवरोध गर्दै आएका छन् ।

’ अतिक्रमणमा पर्ने जग्गाको उचित मूल्याङ्कन नगर्दा सुरुवातिदेखि नै स्थानीयले अवरोध गरेको वडा नं. ११ का वडाध्यक्ष नन्दलाल शर्माले बताए। ‘योजना ल्याउँदा स्थानीयसँग पर्याप्त छलफल र सहमति गरिएन’ अध्यक्ष शर्मा भन्छन्, ‘सडकले घरबारविहीन हुने भएपछि सुरुवातिदेखि नै अवरोध हुँदै आएको छ ।’ वडा नं. ११ भित्र को सुरुवाति विन्दु बाहेकका स्थानमा अवरोध हटाएर चक्रपथ निर्माण भइसकेको छ ।

सडक निर्माण गर्दा स्थानीयले अतिक्रमण हुने घर र जग्गा क्षतीपूर्ति माग गर्दै आएका छन् । जग्गा र घरको उचित क्षतिपूर्ति नपाएसम्म स्थानीयले सडक निर्माण हुन नदिने अडान राख्दै आएका छन् । यहीकारण वीरेन्द्रनगर ११ को सुब्बाकुना, वडा नं. ९ र २ को सीमानामा पर्ने गुप्तीपुर लगायतका क्षेत्रमा विवाद छ । स्थानीयको विवादकै कारण वडा नं. १, ४, ५ र ७ नम्बर वडा क्षेत्रमा ट्याकसमेत खोल्न सकिएको छैन। स्थानीयले निरन्तर अवरोध गर्न थालेपछि निर्माण प्रक्रिया सुस्त बनेको छ ।

आयोजना सुरु नहुँदै स्थानीयले अवरोध गरेपछि ३० मिटर चौडाइको सडकलाई १५ मिटरमा झारिएको छ । हालः सातदेखि १५ मिटर चौडाइमा निर्माण सुरु भइरहेको छ । तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६२÷०६३ बाट निर्माण थालेको थियो । वीरेन्द्रनगरलाई विकासको मुख्य कडीका रुपमा विकास गर्ने उद्देश्यले यो आयोजना निर्माण थालिएको हो । तर स्थानीय र वन कार्यालयले रुख कटानमा पटक–पटक अवरोध गरेपछि आयोजना अधुरै रहेको हो ।

‘स्थानीयले सहयोग नगर्दा ढिलाइ’

सडक डिभिजन कार्यालयले स्थानीय बासिन्दाले साथ नदिएका कारण चक्रपथ निर्माणमा ढिलाइ भइरहेको जनाएको छ । ‘३१ किलोमिटर सडक निर्माण गर्न बर्षदिन पनि लाग्दैन’ सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुरेशकुमार बस्यालले भने, ‘स्थानीयले साथ नदिएकै कारण चक्रपथ निर्माणमा ढिलाइ भइरहेको छ ।’

स्थानीयको अवरोधकै कारण निर्माण कम्पनीलाई काम लगाउनसमेत समस्या भएको उनको तर्क छ । ‘जसका लागि सडक बनाउन लागिएको छ, उनीहरुबाटै निरन्तर अवरोध भइरहेको छ’ उनी भन्छन्, ‘स्थानीयले सहयोग नगर्दा ठेकेदारलाई काम लगाउनै समस्या भयो ।’

चक्रपथ वीरेन्द्रनगरको महत्वपूर्ण आयोजना भए पनि स्थानीय सरकारबाट समेत अवरोध हटाउन कुनै पहल नभएको उनको गुनासो छ । अवरोध हटाउन सहयोग नभए चक्रपथ निर्माण सम्पन्न हुन अझैं दश बर्ष लाग्ने कार्यालयले अनुमान छ ।

एक किलोमिटर मात्रै कालोपत्रे

चक्रपथ निर्माण थालिएको बर्षाैं वितिसक्दा पनि हालसम्म जम्मा एक किलोमिटर सडक मात्रै कालोपत्रे गरिएको छ । वडा नं. ११ को सुब्बाकुनादेखि अमृतडाँडासम्मको एक किलोमिटर खण्ड मात्र कालोपत्रे गरिएको हो । ट्याक खुलेका अन्य क्षेत्रमा ग्राबेल र स्तरोन्नति लगायतका कामहरु भइरहेको छ ।

पछिल्लो चार बर्षदेखि खड्का कृष्ण द क्याराभान जेइन्ड भेन्टर (जेभी) बाँकेले चक्रपथ निर्माणको काम गरिरहेको छ । जेभीले २०७४ साल चत्रै २३ गते सडक डिभिजन कार्यालय रुकुमपश्चिमसँग ठेक्का सम्झौता गरेको हो । १३ करोड ५३ लाख ५१ हजार सातसय ७० रुपै याँमा निर्माण सम्झौता गरिएको छ । सम्झौता अनुसार २०७६ चत्रै २३ गते चक्रपथ सम्पन्न गनुपर्ने थियो । तर जग्गा विवाद र कारोना भाइरसको महामारीका कारणात्रो (क्यालेण्डर) छपाइनिर्माण गर्नु परिरहेको छ ।

सुरुवातको एक बर्ष भने आयोजना प्रदेश सरकारले हेर्ने कि केन्द्रले भन्नेमा विवाद् भएकथियो । यहीकारण एकबर्ष निर्माण काम नै सुरु हुन सकेको थिएन । चक्रपथ प्रदेश सरकार मातहतमा आए पनि आयोजना केन्द्र सरकार मातहतको सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेर्दै आएको छ

तपाईको प्रतिक्रिया