राजनीति

विमलेन्द्र निधिले देउवालाई समर्थन गर्ने

काठमाण्डौ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ ।

सभापतिको दोस्रो चरणको मतदानमा निधिले देउवालाई सहयोग गर्ने बताउनु भएको हो ।

दोस्रो चरणको मतदान हुने भए पछि देउवाले निधिलाई पनि भेट्नु भएको थियो । यसअघि नेता प्रकाशमान सिंहलाई पनि उहाँले भेट्नु भएको थियो ।

सिंहले देउवालाई समर्थन गर्ने बताइसक्नु भएको छ । सभापतिको पहिलो चरणको चुनावमा निधिले २ सय ४९ मत पाउनु भएको थियो ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि बेलुका साढे सात बजेसम्म राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएको मतदान केन्द्रमा हुनेछ ।

तपाईको प्रतिक्रिया