फेसबुकबाटै फक्रिएको प्रेम


भुपेन्द्र विसी÷लक्ष्मी पाण्डे

जहाँ इच्छा, त्यहाँ उपाय । जहाँ मन, त्यहाँ सफलता । आखिर प्रेम गर्नलाई कसैले रोक्न सक्दैनन् । अर्थात प्रेम गर्नका लागि आउने चुनौतीको सामना गर्न हरेक जोडी तयार हुन्छन् । प्रेमलाई सफलतामा लैजान उनीहरुले आफ्ना आफन्त, परिवार र साथीको मात्र होइन, नयाँ प्रविधिको प्रयोग गर्दछन् । यस्तै भयो सुर्खेतका भुपेन्द्र विसी र नेपालगंजकी लक्ष्मी पाण्डेको जीवनमा पनि । फेसबुकबाट जोडिएको सम्बन्धलाई उनीहरुले जीवनसाथी रुपमा स्थापित गरेका छन् । यो जोडीको फेसबुकबाटै कुराकानी सुरु भयो । फेसबुकबाटै माया बस्यो । अनि बिवाह भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको शारासं :

पहिलो नजरमै मन प¥या

भुपेन्द्र कलेज पढ्थे । उनी उमेरले पनि परिपक्व भइसकेको थिए । घरमा बिवाहको चर्चा पनि चलिरहेको थियो । उनले पढाइ सकेर बिवाह गर्ने सोच बनाएका थिए । उनको दिदीको घरमा नेपालगञ्जमा छ । एकदिन उनको दिदीले आफ् नो घरमा बोलाइन् । दिदीले किन बोलाएको होला भन्ने उनले सोचेका थिए । तर दिदीले एउटा केटी हेर्न भनेर बोलाएकी रहिछन् ।

उनले त्यो कुरा त्यहाँ पुगेपछि मात्र थाहा पाए । ति केटी थिइन् लक्ष्मी पाण्डे । भोलिपल्ट लक्ष्मी कलेजबाट घर फर्कदै थिइन् । भूपेन्द्रले पहिलो पटक २०७१ चैत २८ गते लक्ष्मीलाई देखे । उनले लक्ष्मीलाई मन पराए। त्यसपछि लक्ष्मी उनको आँखा वरपर घुम्न थालिन् । अनि उनि नेपालगञ्जबाट घर फर्किए ।

फेसबुकमा साथी बन

घर आएपछि भुपेन्द्रले लक्ष्मीलाई सम्झी रहे । अनि लक्ष्मीलाई फेसबुकमा खोजे । रिक्वेस्ट पठाए । उता लक्ष्मीले पनि भुपेन्दलाई नेपालगंजमा देखेकी थिइन् । तर आफुलाई हेर्न आएको भन्ने थाहा पाएकी थिइनन् । फेसबुकमा रिक्वेस्ट आएपछि उनले पनि शंका पाइन् । अनि उनले रिक्वेस्ट एसेप्ट गरिन् । दुबै जनाको म्यासेजमा कुराकानी हुन थाल्यो ।

शुरुमा त धेरै कुरा भएन । एकदिन लक्ष्मीलाई भुपेन्द्रले आफु हेर्न आएको कुरा भनेका थिए । लक्ष्मीलाई पनि भुपेन्द्रको दिदीले यो कुरा भनिसकेकी थिइन् । कुरा हुँदै जाँदा दुबै जनालाई एकअर्काको बानी व्यवहार मन पर्न थाल्यो । उनीहरुले एकअर्कालाई माया गर्न थाले । एकदिन लक्ष्मीले भुपेन्द्रलाई नेपालगञ्ज बोलाइन् । लक्ष्मीले भुपेन्द्रको बारेमा आफ्नो घरमा भनिसकेकी थिइन् । उनको परिवारले भुपेन्द्रलाई घरमा बोलाउन भनेका रहेछन् । अनि नी नेपालगञ्ज गए ।

लक्ष्मीले भेट्न नेपालगंज बोलाइन

फेसबुक र फोनमा मात्र कुराकानी गरेका उनीहरुको नेपालगञ्जमा प्रत्यक्ष भेट भयो । पहिलो भेट हुँदा उनीहरु केही लजाए। लक्ष्मीसँग उनको साथी पनि थिइन् । उनीहरु खावा खाने भनेर स्वस्तिक होटेलमा गए । भुपेन्द्रले नास्ताको रुपमा मम अर्डर गरे । लक्ष्मीलाई पनि मम नै मन पर्दो रहेछ । तर बोलचाल भने नास्ता खाने बेलासम्म भएन । लक्ष्मीको साथीले बोल्न आग्रह गरेपछि उनीहरुबिचमा कुराकानी शुरु भयो ।

उनीहरु भन्छन्, फेसबुमा कुराकानी गरेजस्तो प्रत्यक्ष बोल्न नसकिदो रहेछ । भुपेन्द्रलाई असहज महसुस भएको थियो । लक्ष्मीको साथी नभएको भए कुराकानी गर्न सकिन्थ्यो की ? भन्ने सोचेका थिए भुपेन्द्रले । उनले धेरै बोल्न सकेनन् । अनि उनीहरु घरमा गए । त्यहाँ पनि खासै कुराकानी भएन । हलक्ष्मीलाई भेटेर भुपेन्द्र नेपालगञ्जबाट सुर्खेत फर्किए । भेटपछि कुराकानी अझै धेरै बढ्दै गयो । लक्ष्मीले भेटपछि धेरै कुराकानी गर्न खोज्थिन् भने भुपेन्द्रले पनि अरु काम छोडर भए पनि उनीसँग फेसबुकमा कुराकानी गर्थे ।

कुराकानी बढ्दै गएपछि एकदिन भुपेन्द्रले जीवन साथी बन्ने प्रस्ताव गरे । लक्ष्मीले पनि सहजै स्वीकार गरिन् । त्यसपछि लक्ष्मीले भुपेन्द्रको साथ छोड्नै नसक्ने भएको अनुभव गर्थिन् । अब उनीहरु जीवनलाई सहज बनाउनेगरी सँगसँगै अगाडी बढ्ने निश्कर्षमा पुगे ।

परिवारको सल्लाहमा बिहे

उनीहरुबिचमा प्रेम सम्बन्ध भएको परिवारमा जानकारी थियो । दुबैतर्फका परिवारले उनीहरुको प्रेमलाई अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए । तर खुलेर भनेका थिएनन् । उनीहरु पनि अब बिवाह गर्ने निश्कर्षमा पुगिसकेका थिए । भुपेन्द्र र लक्ष्मीको प्रेममा मध्यस्थता गरिरहेकी भुपेन्द्रको दिदीले दुबै घरपरिवारबिचमा बिवाह गर्ने सल्लाह गरिन् ।


दुबै परिवार बसे । अनि सहमती र सल्लाहमै २०७२ जेठ २९ गते उनीहरु दुबैजना बिवाह बन्धनमा बाँधिए । बिवाह गरेर सुर्खेत आउँदा लक्ष्मीलाई केही असहज महसुश भएको थियो । सानो परिवारमा हुर्केकी उनी ठुलो परिवारमा बिवाह गरेर आउँदा केही असहज भएको हो । तर भुपेन्द्र र उनको परिवारको मायाले घुलमिल हुँदै गइन् । बिवाहपछि हनिमुन मनाउने भनिए पनि उनीहरु हनिमुन मनाउन भने गएनन् ।

जीवनमा संघर्ष

उनीहरुले बिहेपछि संघर्ष नै गर्नुपर्यो । दुबैजनाले बिवाहपछि पनि आफ्नो उच्च शिक्षालाई निरन्तरता दिएका थिए । गाउँमा जन्मिएका भुपेन्द्रको परिवार मध्यम खालको थियो । घरको जिम्मेवारी पनि थियो ।

आफ्नो पढाइ पनि पुरा गर्नुपर्ने अवस्था थियो । यती गर्दा उनीहरुले मेहेनत धेरै गर्नुपर्यो । सानोमा पनि भुपेन्द्रले गाउँमा धेरै दुख गरेर पढेका थिए । संघर्ष गर्न जानेका उनलाई लक्ष्मीले पनि साथ दिइन् । उनी पनि संघर्षमा रमाउन सिकेकी थिइन् । उनीहरुले आफ्नो लक्ष्य भेटाउन जस्तोसुकै चुनौती आएप नि संघर्ष गरिरहे ।

संघर्ष गरेपछि सफलतामा पुगिन्छ भनेजस्तै दुबै जनाको उच्च शिक्षासँगै जागिर पनि भयो । भुपेन्द्रले अहिले अमरज्योति माध्यमिक विद्यालयमा शिक्षक भएर काम गरिरहेका छन् भने लक्ष्मी पनि वीरेन्द्रनगरमा विभिन्न विद्यालयमा आंशिक रुपमा पढाउँछिन् । उनीहरुले जीवनलाई सहज बनाएका छन् । वीरेन्द्रनगरमा भाडामा बसेर पढेका उनीहरुले अहिले आफ्नै घर बनाएका छन् । छोराछोरीलाई सहजसँग पढाएका छन । जीवनलाई सहज बनाउन एकअर्कामा माया र संघर्ष हुनुपर्ने उनीहरुको सुझाव छ ।

कस्तो थियो बाल्यकाल ?

बुवा रत्नबहादुर बुढा र आमा कौशिला बुढाको कोखबाट विसं २०४६ साल कात्तिक २९ गते हालको गुराँस गाउँपालिका वडा नम्बर ६ दैलेखमा भुपेन्द्र विसीको जन्म भएको हो । उनी घरको कान्छो छोरा हुन् । इमान्दार स्वभावका उनको बाल्यकाल गाउँमै वितेको हो । सानैदेखि उनले पढाइमा धेरै चासो राख्थे र मेहनती थिए । उनले १० कक्षासम्म जयजनता मावि जोरेबाँझमा पढेका विसीले त्यही मावीबाट एसएलसी पास गरे ।

प्लसटु उनले अमरज्योति मावि नेवारेबाट २०६४ सालमा पास गरे । विएड सुर्खेत क्याम्पस सुर्खेतबाट गरेका उनले २०७१ सालमा उनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट नेपाली विषयमा डिग्री गरे । यस्तै बुवा ठाकुर पाण्डे र आमा हिमा पाण्डेको कोखबाट २०४७ साल भदौ ५ गते प्युठानको दम्लीमा लक्ष्मी पाण्डेको जन्म भएको हो । सानो कक्षा त्यही पढ्दै गर्दा उनको परिवार बसाइसराइ गरेर बाँकेको नेपालगञ्ज आयो ।

त्यतीबेला लक्ष्मी १० बर्षकी थिइन् । उनको बाल्यकाल भने बाँकेमा वित्यो । उनको बुवाले जागिर गर्ने हुँदा उनले पनि खासै समस्या भोग्नु परेन । सालिन स्वभावकी उनी पनि पढाइमा ध्यान दिन्थिन् । उनले मंगलप्रसाद उच्च माविबाट एसएलसी गरेकी उनले त्यही उच्च माविबाट प्लसटु २०६३ सालमा गरिन् । उनले मध्यपश्चिम बहुमुखी क्याम्पसबाट नेपाली विषयमा २०६९ सालमा विएड गरिन् । भने महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जबाट २०७२ सालमा एमएड गरिन् ।

सल्लाह र सहकाय

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् ।

सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । उनीहरु दुबैजना आफ्नो काममा व्यस्त हुने भएको हुँदा धेरै फुर्सद पाउँदैनन् । त्यही भएर फुर्सदको समयमा यो जोडी विभिन्न ठाउँहरुमा घुम्न पनि जान्छन् । विश्वास र मायाले सम्बन्ध टिकाउन मात्र होइन, सफल बनाउने यो जोडीको निस्कर्ष छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार