पातीहाल्न मेलामा सिम्ताली लोकसाहित्य झल्कन्छ ।

पृथ्वी वहादुर सिहं
यहि २०७८ साल आस्विन महिनामा लुिम्वनी प्रदेशको वुटवल उपमहानगरपालिकामा रहेको साम्राज्यवादी अग्रेजले नेपाल सम्म साम्राज्य फैलाउन शैनिक लिएर आएको अग्रेज सेनालाई विरगोर्खाली सेनाले हराएको ‘ जितगढि ’हेरी त्यहीवाट भारतको उत्तराखण्ड प्रदेशको जिल्ला चम्पावत महाकाली नदि किनारको उच्च पहाड स्थित पुर्णगीरी माता नेपाल तर्फ कन्चनपुर जिल्ला भिमदत्त न.पा अन्तरगत महाकाली नदि किनार को व्रह्मदेवमा रहेका सिद्धवावाको दर्शन गरी आस्था विसाई जिल्ला धनगढी टिकापुर न.पा कर्णाली किनारमा अवस्थित टिकापुर पार्क अवलोकन गरी यसपटक वडादशै सुर्खेत सिम्ताको घरमा विताउन गएको थिए“ । वर्षभरि खेतीपाती गरी सिहार्ने , देश विदेश गएर कमाई गरी थकाई मेट्न आर्य पुर्वजले निमार्ण गरिएका महान पर्व वडादशै वडातिहार मनाउने समयमा वेमौसमी झरीले देशका विभिन्न भु्भागमा वाढिपहिरोले धेरै धनजनको क्षति हुदा“ मन निकै पिरोलिएको थियो ।

दशैको टिका परिवारजन संगै लगाएर वीरेन्द्रनगर जाने मन वनाएर वसेको थिए“ । अचानक वीरेन्द्रनगरवाट देवकुमार वि.सीले भने भाइ हर्क वहादुर वुढा र म वर्षा रोकीए पछी हाम्रो सन्तान सिंह ठकुरीले राजगरि वसेको सिम्ताको वीच केन्द्र लापु माथि राजकाडा“को थुम्को राजावस्ने टाकुरी अवलोकन गर्न आउदै छांै । तपाई सगै जाने हो कतै नजानु होला भनी फोन गर्नु भयो । हुन त हामी सिंह ठकुरी र जोरेवाझे साण्डिल्य गोत्री वुढाक्षेत्री कसरी एउटै भाइखलक सन्तान हुन गयौं भन्ने लामो ऐतिहासिकता पनि हाम्रो सिहं खलकमा रहेको पाईन्छ । ”अहिलेको भारतको हिमाञ्चल प्रदेशको श्रीमोर जिल्लाको सदरमुकाम नाहानमा हाम्रा पुर्खाको पारिवारीक राजकाज थलो थियो भनी अग्रजहरुले वताउदै आउनु भएको थियो । खस मल्ल राज्यकालमा एकभाइ ( प्रताप सिहं ) जोरेबाझ गएका र हाम्रा पुर्वज अर्काे भाइले खस मल्ल राजाको छोरी विवाह गरी भुरे राजाको रुपमा लापुको राजका“डामा राजमुकाम वनाई राज्य गरेका हुन ।

खस मल्ल राज्यको विघठन पश्चात साण्डिल्य गोत्री सिहं ठकुरीहरुले दुलाल राजपरिवार संगको वैवाहिक सम्बन्धले केही समय स्वतन्त्र बाइसे राज्यको हैसियतमा पनि लापु राजका“डावाट शासन गरेका थिए । स्वतन्त्र वाइसे राज्यको हैसियत गुमेपछि पनि वाइसे राज्य विलासपुर ( दैलख ) नेपाल एकिकरणमा समाहित हु“दा सम्म नै विलासपुर ( दैलख )राज्यको थपौला राज्यको राजमुकामको रुपमा सिहं ठकुरीहरुले शासन व्यवस्था चलाएका थिए । दुल्लुवाट गएका जोरेवाझे वुढाक्षत्रीका पुर्खा प्रताव सिंहले सो क्षेत्रमा गै वस्ती वसाई रस्ती चलाई वा“जो जमिनलाई अन्न उर्वर वनाई गुल्जार गराका थिए ।

गुल्जार गराएपछी आफना पुर्खाको गौरव झल्कनेगरी कीर्तिखम्व निर्माण गर्न खोज्दा प्रताप सिंहले छुट्टै राज्य खडागर्न लाग्यो भनी कसैले गलत सूचना प्रवाह गरेपछी दरवारवाट सिपाई खटाइ उपस्थित गराउ“न भनेपछी राजाले अप्ठेरोमा पार्छनकी भनी यस ठाउ“मा सिंह ठकुरी कोहीछैनन वुढाक्षेत्री मात्रै छन भनेकाले प्रताप सिंह सन्ततीहरुले सिहं ठकुरी थर नलेखी वुठाक्षेत्री भन्दै र लेखाउदै आएछन । खस मल्ल राज्य विघठन पश्चात् मलय वर्माको हातमा कर्णाली क्षत्रको भुभाग आएकोमा उनका भाइछोराहरुले अंश भागलगाई राज्यहरु खडा गर्ने क्रममा दुलाल राजपरिवारसंगको वैवाहिक सम्वन्धले केही समय लापुको राजकाडा“वाट स्वतन्त्र वाइसे राज्यको हैसियतले पनि सिंह ठकुरीहरुले शासन व्यवस्था चलाएका थिए ।

मैले लापु राजका“डा“को राजा वस्ने टाकुरीकोे अवलोकन गर्न मौका मिलाएर ” सम्वृद्धीको लहरीमा कर्णाली नियात्रा संंग्रहमा राजा वस्ने टाुकरीवाट सिम्तालाई निहाल्दा ” यात्रा निबन्ध पस्की सकेको छु । यस पटकको साण्डिल्य गोत्री वुढाभााईहरुसंग उक्त राजका“डा दरवारको वारेमा सोधखोज गरी सो सम्बन्धमा थप सन्द्रर्भ सामागी्र हुनेछ भनी श्रीमती प्रेम कुमारीलाई घरव्यवहारमा सघाउदै वसें । २०७८ कार्तिक ४ गते वुढाक्षत्रीभाइहरु आउनुभयो । ५ गते लापुको राजका“डा दरवार रहेको क्षेत्र सहितको राजा वस्ने टाकुरीको तीनभाईले अवलोकन गरी उ“हाहरु वीरेन्द्रनगर लाग्नुभयो । म भने अव तिहार नजिक आइसकेकाले श्रीमतीलाई काममा सघाउ“दै सिम्ताकै घरमा वसी रहेको थिए“ ।

अचानक २०७८ कार्तिक ९ गते वेलुका सुर्खेत सिम्ता सिमलगा“उ मुखिया खलका सुरथ पोखरेलका छोरा हाल उच्च अदालत सुर्खेतमा कार्यरत आत्रेय गोत्री यज्ञ पोखरेलले “ कताहुनु हुन्छ सिह ज्यु भन्नु भयो ?मैले भने “ काजीसाहेब म त वहिनीले लगाउने भाइटीका पर्खेर सिम्ता घरमा वसेको छु , त्यसपछी वीरेन्द्रगर आउछु । उ“हाले भन्नु भयो “ सिंह ज्यु यसपटक इतिहासकार प्रा. डा.राजाराम सुवेदीले सिंजा साम्राज्यको सितकालिन राजधानि दुल्लु दैलेख देखी सुर्खेत उपत्यका का अनेकौ पुरातात्विक अबशेषहरुको सोधखोजगरी थप नेपालको इतिहा“समा राख्न केहिवर्ष देखि आउने जाने गरिरहनु भएको थियो । यस पटक पनि केही दिन विरेन्द्रनगर पुगेर उपत्यका वरिपरी रहेका पुरातात्विक अबशेष धरोहर अवलोकन सोधखोजका लागी विभिन्न प्रतिष्ठित विद्दान वर्ग वुढापाकाहरु संग कुराकानी साथै लिपी वद्ध प्रतिलिपि भए संकलनमा लागिरहनु भएको छ ।

तपाईसंग देशका विभिन्न साहित्य फोरोममा चिनजान रहेछ । मैले वाहालाई लापु दरवार सिह राजाले राज्य गरेका हुन । नेपाल एकिकरणमा गोर्खावाट पराजित राज्य हो सिंह राजाहरुको राजमुकाम रहेको लापु राजकाडा“ दरवार साथै गंगामाला देउतीवज्यैको जन्मस्थान भनिएको ऐतिहा“सिक स्थल सिम्ताको लापु समेतको स्थलगत भ्रमण गर्छु भन्नु भएको छ । यसपटक हजुरपनी नियात्रा लेख्ने भएकोले ११ गते वीरेन्द्रनगर आएर सगै जिव रिजरर्व गरेर जाने भन्नु भएको छ । जसरी पनि विरेन्द्रनगर आईपुग्नु होस । हुन्छ जसरी पनि आउछु राजाराम सगै अवलोकन भ्रमण गरुला ।  भएको छ । तपाई जसरी पनि विरेन्द्रनगर आइपुग्नुहोस आजेजाते रिजर्व जिप मैले नै वुक गरेको छुु भनि फोन गरेकाले ११ गते वेलुका सुर्खेत पुगी १२ गते सुर्खेत उपत्यका देखी सिह राज्य राजा वस्ने टाुकरी भेरी नदि किनार भुजादेउ अवलोकन गराई इतिहा“सकार रामराजालाइृ विरेन्द्रनगर पठाए ।

वडातिहारमा वहिनीवाट टिकाग्रहन गरी वासी तिहार लाग्ने वहिनी मेला पातिहाल्न जाने मन वनाए । अघेल्लो साल कोरणाको काल कारण मेला लागेन । यो वर्ष मेलाहरु मेलाजान विहान देखी यातायातका साधनवाट गै रहेका थिए । म ६९ वर्ष नाघि ७० लागि रहेकोले बा“चेका चिनेका दाजुभाई दिदिवहिनीहरु संग भेटघाट गरुला भनि पैदल भानु मा..वी हुद“ै मोटर सडक चढाई उकालो लागे ।

आकाश छयाङ्ग थियो दशैतिहार सकेर सिम्तालीहरु धान सिहार्न गहु“ लगाउने परदेशवाट दशैतिहार मनाउन आएका युवा सिम्तालीहरु यो मेला मानेर परदेश लाग्ने भएकोले सिम्ताली लोक साहित्यको वाजाघाजा सहित लोकगित नृत्य मेला मनोरन्जनको थलो हो । प्राय आजकाल टाढावाट मेला आउनेहरु विभिन्न साधनवाट आउछन । म भने पैदल उकालो चढदै १ वजे पातिहाल्ना मेला पुगे । मेलाको विचमा काव्राको रुख मुन्तीर तलाउ माथी मन्दीर गई जलपादेवीलाई फुल चढाए ।

सिहं राज्य हु“दा यही“ माथि कोटको थुम्कोमा शुरुमा लगाएको मेला थुम्कोवाट घटाएर सिमलगाउ माथी वाग्यस्वरीमा वेलुका केहीवेर लाग्ने गरथ्यो । पन्चायतका प्रधान पन्च रेशम वहादुर मल्ल ले यो पातिहाल्न स्थानमा मेला सारेका हुन । आजकाल एकदिनभरी लगाएर वेलुका मेला सकिएर मेलारु आ–आफनो स्थान तिर लाग्छन । यहा“वाट देखिने सिम्ताका प्राय गाउ“ वस्तीहरु यस वर्ष वेमौसमी वर्षाले उल्लेको भेरीनदि सिम्ता खोला वंगाढ खोलामा पाकेको पहेलपुर धानखेत हेर्र्र्र्र्र्दै उत्तरतिर फैलिएको चा“दि घेरा हिमाल चारैतीरका मध्य पहाडहरु वनवस्तीहरु मेलाका पुर्व तिरको डा“डोमा उभिएर जन्मभुमीको तिर्खा मेटे ।

यो सिम्ता सुर्खेत जिल्लाको सवै भन्दा पुरानो वस्ती हो । यो महाभारत पर्वत श्रृखलाको वस्तीमा भेरी नदी सिम्ताखोला जुगैखोलाले निमार्ण गरेका मलिला फाटहरु छन । यहा“को भु वनोट पशुपालन र अन्न भण्डारको उर्वर भुमि छ । अहिले सम्म प्रकृतीमा हुने विभिन्न उथलपुथल वाढिपहिरोको जोखिम वेहेर्नु परेको छैन । खस भाषिका मध्य भेरी क्षेत्रीय उपभाषिका सिम्ताली आफ्नै छ । सिम्तामा सिम्ताली लोक साहित्यले भरिपुर्ण थलो हो । सिम्ताका आजपनि गाउ“ गाउ“वाट पन्चेवाजा वजाउदै नाच्दै रमाउ“दै मेला पस्ने गरिरहेका थिए । पहिले दमाईले मात्र वजाउने पन्चेवाजा आजकाल ठकुरी क्षेत्री कामी दमाइहरु वजाएर मेला पस्छन । विभिन्न गाउ“का पन्चेवाजा ना“च हेर्दै चिनजान इष्टमित्र भाई वन्धु दिदि वहीनीसंग सन्चोविसन्चो वातमारी माया विसाउने गरेको थिए ।

मेलाको ठाउ“ ठाउ“मा सिङगारु , लहरे मयुरनाच“ सिम्ताका गाउ“लेहरु अलग अलग नाचिरहेका थिए । म सवै गाउ“का ना“चहरु हेर्दै सिम्ताली लोक साहित्यको भरपुर आनन्द लिइहेका थिए । गत वर्ष कोभिडको महामारिले मेला लागेन । यो वर्ष फाट्फुट् सिम्तावाट वस्तीसरेर गएका सिम्तालीहरु सध्रै आउने वंगाडीहरु पनि आए मेला आधाआधी कोभिडको हल्ला भएपनि लागेको थियो । यो भु स्वर्ग जस्तो मनोरन्जन हेरेर आलादित भैरहेको थिए । नेपालमै प्रख्यात सिगारु ना“चगित ग्रहन निम्न गरेको थिए ।

सिगारुं नाचमा सिम्ताली गितले मन छोएपछी

१ दुध भन्दा कुराउनी मिठो भैसी लरतुमाको ।


सुभ्याभएई चौख्या थली पहिला प्रथमको ।।

२ केराखाने मन वसिगो जोगीनी केरामा ।

राम वोलुकी हरीवोलु पातीहाल्न मेलामा ।।

३ डा“डाकाडा“ घामवुरिग्या सल्ली टुप्पा घा“म्छन ।
मर्नेलाई कालले लैगो वा“च्नेलाई रामछन ।।

४ यो वासुरी हायाको होइन घारीखोला वन्को ।
एकत चोला चारदिनको उहि भएन मनको ।।

५ कोही जानेउ कि म मात्रैजाउ पातिहाल्ना मेला ।
भाई वहिनीका आ“सुझरे छुटनेफटने वेला ।।

६ आधा महिनो मंसीरको भर महिना पुषैको ।।
आग्स्याल भन्नु मेरो होइन जो वा“च्ला उसैको ।

७ सिम्ताखोला चिसोपानी अलैचि दानाले ।।
हेर्दौैन यो गती भैगो रोजीफल खानाले ।

८ .वारीमा टल्कने केहो कोदारीको नल ।।
छुटने फाटने वेला आस“ टलपल ।

सिम्ताली लोक साहित्य गित नाच“ले मनमुग्ध हुदै“ मेलावाट देखीने प्राकृतीक सुन्दरता हेरी मनमनमा सोचन पुगे । यो मेला एक दिनवाट वढाएर तिन दिन लगाउन पाए सिम्तावाट वस्ती सरेर गएका वस्तीका मानिस मात्र नभएर मधेशमा नेपाली र भारतिय सिमा पारिका भारतियहरु कर्णाली गण्डकी प्रदेशका जिल्लाका विभिन्न भागवाट मेलाको भरपुर मनोरन्जन लिन आउने थिए ।

यहि मेला गरी हेरी त्यही नजिक पर्ने कोटको थुम्कोमा रहेको कोटेस्वर महादेव लापु सिम्ताली सिहराजा वस्ने टाकुरीमा जाल्पादेवी मन्दीर दर्शन सगै राजा वस्ने टाकुरीमा सिम्ताली संग्राहालय माथि वडालेखमा रहेको मालिका मन्दीर दर्शन त्यही माथि निमार्ण गर्न पाए भ्युटावरवाट हिमाल पहाड नदिखोला वनजंगल को अवलोकन गरी सिम्ताली होम स्टेकहरुमा सिम्ताली आर्गानिक खाना नास्ता पानी गर्दै आस्था पर्यटन साथै सिम्ताली लोक साहित्यको मनोरन्जन भरपुर लिएर आफनो गन्तव्यतिर फर्कन्थे मेलाहरु । आजको संसारमा भौतिक विकाशले मानिसलाई मन शान्तपार्न संंसार भरका विभिन्न प्रकारका आध्यात्मीक भौतिक प्राकृतीक पर्यटन यात्रागरी अनुभव संगाल्न मानव वस्तीहरु थालेका छन । प्रायः शान्तीपुर्ण वाटो तय गरेका मुलुकहरुले प्रकृतीले उपहार स्वरुप दिएका पहाड हिमाल थुम्काहरु गुफा नदि दोभानहरुमा यातायात सुविधा पु¥याई आध्यात्ममा आस्था विसाउदैं प्राकृतीक दृश्य अवलोकन गरेर मनोरन्जन लिन थालेका छन । अब हामीले यस्ता स्थलहरुको विकाश गर्न समुदाय राज्य व्यक्ति लागी योजना वनाई पारी।

टालटुलपारेर आफनो मान्छे निमार्ण गर्ने विधी मिलाई गोजी भर्जे क्रिया वन्द गरेर हामी नेपाली भारतका विभिन्न आस्था विसाउने तिर्थ स्थलहरु जाने वनाए जस्तै अब सिम्ताली भु स्वर्ग वनाउन होस्टेमा हैसे गर्न जरुरी छ । मेला पुर्वको डा“डोमा सिम्ताली राजनितीज्ञ वुदिजिवीहरुसंग सिम्ताली सुन्तला खादै गाफिएको थिए । सा“झ हुनै लाग्दा पुन : जलपादेवी मन्दीरमा जै नमन चढाएर ६ वज्नै लाग्दा उहि पैदल वाटो वडाका“डा भम्क हु“दै घरतिर लागेको थिए ।

                                                                                          २०७८÷१÷१
                                                                       विनपा १० दिपनगर सुर्खेत


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार