दाङमा भिरबाट लडेर एक जनाको ज्यान गयो

दाङ : दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

भिरबाट लडेर तुलसीपुर(९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको ज्यान गएको हो ।

घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको र फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भिरबाट लडेर उहाँको ज्यान गएको पुनका छोरा प्रकाश पुनले जानकारी दिनुभयो ।

पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया