एक लाख ९४ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

प्रहरी  : पोखराबाट एक लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ  ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार मुस्ताङ लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ घर भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया