महिला टी–२० विश्व कप छनोट स् नेपालले कुवेतलाई ९ विकेटले हरायो

काठमाण्डौ : आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले कुवेतलाई नौ विकेटले हराएको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले तीन ओभर तीन बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।

नेपालको जितमा इन्दु बर्माले १३, कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् । सीता राना मगरले भने खाता खोल्न सकिनन् ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा २७ रन बनाएको थियो । कुवेतका लागि प्रियादा मुरालीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालकी संगीता राईले तीन, करुणा भण्डारी र रुबिना क्षेत्रीले दुईरदुई र सरस्वती कुमारीले एक विकेट लिए ।

आजको जितसँगै नेपाल चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । ६ देश सहभागी एसिया छनोटको शीर्ष स्थानमा रहने देशले सन् २०२३ मा दक्षिण अफ्रिका हुने टी–२० विश्व कपको ग्लोबल छनोट खेल्न पाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार