जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भीड

रुकुम पश्चिम : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एकरदुई हप्तायता सेवाग्राहीको चाप बढेको छ ।

नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउने सेवाग्राहीको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सेवाग्राहीहरु बिहानैदेखि जिल्लाका प्रशासन कार्यालयको गेटमा लाइन लागेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक हप्तायता दैनिक दुई सयभन्दा बढी सेवाग्राहीको काम भइरहेको छ । उहाँका अनुसार यो चाप केही वर्षयताकै बढी हो । कर्मचारीहरुले कार्यालयसम्म भन्दा पहिला र बेलुका ६ बजेसम्म बसेर काम गर्नुपरेको उहाँको भनाइ छ ।


जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाका अनुसार एक हप्तायता दैनिक करिब ९० नयाँ नागरिकता र करिब ४० ओटा नागरिकताको प्रतिलिपि लिन आउनेहरुको तथ्याङ्क छ । त्यसैगरी राहदानीको लागि दैनिक ६५ जनाको सिफारिस हुने गरेको कार्यालयले जनाएको छ । नाबालक सिफारिस लिन आउनेहरुको सङ्ख्या समेत बढी रहेको छ ।

चाडपर्व तथा मेलाको अवसर पारेर जिल्ला बाहिरबाट आएका र जिल्लामा रहेका समेत नागरिकरू सेवा लिन आउने गरेकोले भीडभाड बढेको बताइन्छ । नागरिकहरूले नागरिकता बनाउन, राहदानीको सिफारिस लिन दुई दिनसम्म कुर्नु परेको गुनासो गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार