एमाले अध्यक्ष ओली चितवनमा

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नुभएको छ । पार्टीको १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओली चितवन आज बिहीवार चितवन पुग्नुभएको हो ।

उहाँलाई भरतपुर विमानस्थलमा नेतारकार्यकर्ताले स्वागत गरेका छन् । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलु पनि चितवनको सौराहा पुग्नुभएको छ ।


केही नेताहरू यसअघि नै चितवन पुगिसकेका छन् भने केही पुग्ने क्रम चलिरहेको छ । भोलि मङ्सिर १० गते शुक्रवारदेखि सुरु हुने महाधिवेशन १२ गतेसम्म चल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार