राजनीति

एमालेको महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि सहभागी हुने

काठमाडौं : नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् । निर्वाचित र मनोनीत गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए।

यही मंसिर ७ गते बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो। यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदै छ  ।

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५(१५ जना निर्वाचित गर्नेछ । महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया