पिएसजीलाई हराउँदै सिटी समूह विजेता


काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी समुह ए को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । च्याम्पियन्स लिगको समुह चरणमा सिटीले फ्रेन्च क्लब पिएसजीलाई २(१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा केलिएन एम्बाप्पेले ५० औ मिनेटमा पिएसजीलाई सुरुवाती अग्रता दिलाए  । तर उत्कृष्ट लयमा रहेको सिटीका लागि रहिम स्ट्रलिङले ६३ औ मिनेटमा बराबरीम गोल फर्काए। सिटीका लागि निर्णायक गोल भने गाब्रियल जेससले गरे  । जेससले ७६ औ मिनेटमा बर्नान्डो सिल्भाको पासलाई सदुपयोग गर्दै टीमको जित निश्चित गरे ।


समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५(० ले पराजित गर्‍यो। यद्यपि समुह ए बाट सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदा ८ अंक बनाएको पिएसजी दोस्रो स्थानमा रहँदै छनोट भएको छ । लाइप्जिग र ब्रुगको ४(४ अंक रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार