अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा, धवलशमशेरको साथ


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । काठमाडौंमा पत्रकार सम्मेलन गरेर लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । नेता धवल शमशेर राणाको समर्थनमा उनले अध्यक्ष उम्मेदवार घोषणा गरेका हुन् ।

उनले भने, ‘नेतृत्व परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छ । मलाई विश्वास छ मेरो जित निश्चित छ ।’

सबै पार्टी कार्यकर्ताहरूको नेतृत्व परिवर्तन नै आकांक्षा भएकाले ढुक्कसँग जित्ने उनको दाबी छ । अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाए ।


उनले भने, ‘कांग्रेस, एमालेलाई असफल हुने सुविधा छ। कम्युनिष्टहरू आफू मात्रै असफल भएका छैनन । मुलुकलाई नै असफल बनाएका छन । अरु ठुला पार्टी असफल भएको बेलामा हामी सफल हुनुपर्छ । राप्रपा असफलताले देशको एजेण्डा नै असफल हुन्छ ।’

राजसंस्था पुनःस्थापना, हिन्दु राज्य, संघीयता खारेजसम्मको अभियानलाई धोका हुने भएकाले पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार